रूपन्देही-३ मा पूर्व स्वास्थ्यमन्त्री बोहरा र गृहमन्त्री खाँण फेरि आम्नेसाम्ने


काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ३ मा पूर्व स्वास्थ्यमन्त्री दीपक बोहरा र गृहमन्त्री बालकृष्ण खाँण फेरि आम्नेसाम्ने भएका छन् ।

२०७० सालको संविधानसभा निर्वाचनमा खाँणसँग पराजित पूर्व स्वास्थ्यमन्त्री बोहरा फेरि भिडन्त गर्न आएका छन् । २०७४ को प्रतिनिधिसभाको निर्वाचनमा भने खाँण समानुपातिकमा बसेका थिए । त्यो बेला एमालेका घनश्याम भुसालसँग बोहरा पराजित भएका थिए ।

स्वास्थ्यमन्त्री हुँदा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा विवादित डा. संगिता भण्डारीलाई नियुक्त गरेपछि उनी पनि विवादमा तानिएका थिए । त्यसयता उनको राजनीतिक यात्रा लगातार ओरालो लाग्दै आएको छ ।

बोहराको स्वास्थ्य अवस्था ठिक नभएपनि एमालेले भुसालको टिकट खोसेर बोहरालाई समर्थन गरेको छ ।  भुसाललाई टिकट नदिइ बोहरालाई अघि सार्दा खाँणलाई चुनाव जित्न सहज भएको जानकारहरू बताउँछन् । बोहराले राप्रपा र खाँणले कांग्रेसबाट उम्मेदवारी दिएका हुन् ।

जे होस् रुपन्देही-३ मा पूर्व स्वास्थ्यमन्त्री बोहरा र गृहमन्त्री खाँण फेरि आम्नेसाम्ने हुँदा चुनावी माहोल तातेको देखिन्छ ।

 

क्याटेगोरी : समाचार
ट्याग : #कांग्रेस, #गृहमन्त्री बालकृष्ण खाँण, #पूर्व स्वास्थ्यमन्त्री दीपक बोहरा, #राप्रपा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com