प्रदेश झरेका एक मात्र पूर्व स्वास्थ्यमन्त्री


काठमाडौं । मंसिर ४ गते हुन गईरहेको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन अधिकांश पूर्व स्वास्थ्यमन्त्री प्रतिनिधिसभा (संघ)का उम्मेदवार बनेका छन् ।

अर्जुननरसिंह केसी, गगनकुमार थापा, हृदेश त्रिपाठी, उपेन्द्र यादव, विरोध खतिवडा, उमाकान्त चौधरी, शेरबहादुर तामाङ, दीपक बोहरा, रामजनम चौधरी, गिरीराजमणि पोखरेल, राजेन्द्र महतोलगायत अधिकांश पूर्व स्वास्थ्यमन्त्रीहरू संघमा उठेका हुन् । तर, पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारी भने प्रदेशसभा सदस्यको उम्मेदवार बन्न पुगेका छन् ।

एमाले नेता समेत रहेका स्वास्थ्यमन्त्री अधिकारी कास्की क्षेत्र नम्बर १ (क)बाट प्रदेशसभा सदस्यको उम्मेदवार बनेका हुन् । एमालेबाट गण्डकी प्रदेशको मुख्यमन्त्री बन्ने हिसाबका साथ अधिकारी प्रदेशमा झर्न तयार भएका छन् । उनलाई प्रदेशमा झारेर पूर्व मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई लमजुङबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाइएको छ ।

अधिकांश पूर्व स्वास्थ्यमन्त्री संघमा चुनाव उठ्दा अधिकारी एक मात्र प्रदेशमा झरेर चुनाव लड्ने पूर्व स्वास्थ्यमन्त्री देखिएका छन् ।

पूर्व स्वास्थ्यमन्त्री गगन कुमार थापा प्रतिनिधिसभा काठमाडौं- ४, अर्जुननरसिंह केसी नुवाकोट-२, उपेन्द्र यादव सप्तरी-२, विरोध खतिवडा मकवानपुर-२, उमाकान्त चौधरी बारा-१, शेरबहादुर तामाङ सिन्धुपाल्चोक-२ बाट चुनाव उठेका छन् ।

त्यस्तै पूर्व स्वास्थ्यमन्त्री गिरीराजमणि पोखरेल महोत्तरी-१, राजेन्द्र महतो सर्लाही-२ हृदेश त्रिपाठी नवलपरासी-१ दीपक बोहरा रुपन्देही-३, रामजनम चौधरी कैलाली-१ बाट प्रतिनिधिसभामा चुनाव उठ्दा पूर्व स्वास्थ्यमन्त्री अधिकारी प्रदेशमा झरेर उठेका हुन् । स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी सम्हालिसकेका उमेश श्रेष्ठ चितवन-२ बाट प्रतिनिधिसभामा उठेका छन् ।

 

क्याटेगोरी : समाचार
ट्याग : ## विरोध खतिवडा, #अर्जुननरसिंह केसी, #उपेन्द्र यादव, #उमाकान्त चौधरी, #गगनकुमार थापा, #गिरीराजमणि पोखरेल, #दीपक बोहरा, #पूर्व स्वास्थ्यमन्त्रीहरू, #प्रनिनिधिसभा, #राजेन्द्र महतो, #रामजनम चौधरी, #शेरबहादुर तामाङ, #हृदेश त्रिपाठी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com