तिहार सकिएलगत्तै मौसममा अदलबदल


काठमाडौं । तिहार सकिएलगत्तै मौसममा अदलबदल हुने भएको छ ।

माैसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, बागमती, प्रदेश १ र लुम्बिनी प्रदेशमा हल्का वर्षाकाे सम्भावना रहेको छ पश्चिमी वायुको सामान्य प्रभावका कारण देशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने छ ।

शुक्रबार दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले भनाइ छ ।

गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा प्रदेश १, बागमती प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ भने  प्रदेश १ का पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com