पूर्व स्वास्थ्यमन्त्री खतिवडाले चुनाव हारे


काठमाडौं । प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर दुईबाट पूर्व स्वास्थ्यमन्त्री विरोध खतिवडाले चुनाव हारेका छन् । उनी नेकपा एमालेका उम्मेदवार महेश बर्तौलासँग पराजित भएका हुन ।

एमालेका बर्तौलाले ३४ हजार ९१६ मतसहित विजयी हुँदा नेकपा एकीकृत समाजवादीका खतिवडाले ३० हजार ३९६ मत ल्याएर पराजित भएका हुन् । साढे ४ हजार बढी मतान्तरले पूर्व स्वास्थ्यमन्त्री खतिवडाले चुनाव हारेका छन् ।

प्राप्त मत परिणाम अनुसार पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादव र खतिवडा नराम्रोसँग चुनाव हारेको पाइन्छ । स्वास्थ्यमन्त्री हुँदा यी दुवैले परिणाममुखी काम गरेको पाइँदैन ।

क्याटेगोरी : समाचार
ट्याग : ## विरोध खतिवडा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com