अधिकांश पूर्व स्वास्थ्यमन्त्रीले चुनाव हारे


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय संवेदनशील मन्त्रालयका रूपमा रहेको छ । तर यो मन्त्रालय चलाउने मन्त्रीहरू असंवेदनशील बनिदिँदा स्वास्थ्य मन्त्रालय अस्वस्थ बन्दै गएको छ ।

स्वास्थ्य मन्त्रालयमा बसेर अवस्थ काम गर्ने पूर्व स्वास्थ्यमन्त्रीहरुलाई जनताले चुनावमा मूल्याङकन गरेका छन् । अधिकांश पूर्व स्वास्थ्यमन्त्रीले चुनाव हारेका छन् । जनताले चुनाव हराइदिएका छन् ।

स्वास्थ्य मन्त्रालयको पटकपटक स्वाद चाख्ने गरेका गिरिराजमणि पोखरेल महोत्तरीबाट चुनाव हारेका छन् । निर्वाचन जितेर स्वास्थ्यमन्त्री बन्ने दाउमा रहेका पोखरेल मैदानमै पछारिएका छन् ।

कोभिड-१९ को समयमा कमिसनको चक्करमा लागेका भानुभक्त ढकाललाई पनि मोरङका जनताले अस्वीकृत गरेका छन् । ओम्नीसँग मिलेर बदमासी गरेकोलगायतका विषयमा आलोचित बनेका पूर्व स्वास्थ्यमन्त्री ढकाल मोरङबाट चुनाव हारेका छन् ।

मन्त्रालयबाटै पैसा बाँड्ने आरोप लागेका पूर्व स्वास्थ्यमन्त्री राजेन्द्र महतो पनि चुनाव हारेका छन् । मन्त्रीको हैसियतमा बदनाम छबि बनाएका पूर्व स्वास्थ्यमन्त्री महतोलाई सर्लाहीका जनताले अस्वीकृत गरेका छन् । मधेशको मुद्दा बोकेर कुसीको सौदाबाजी गर्ने पूर्व स्वास्थ्यमन्त्री महतोलाई सर्लाहीका जनताले चुनाव हराइदिएका हुन् ।

पटकपटक चुनाव जितेका पूर्व स्वास्थ्यमन्त्री हृदेश त्रिपाठी पनि यसपटक चुनावमा अस्वीकृत भएका छन् । नवलपरासीबाट एकछत्र राज गरिरहेका त्रिपाठीलाई यसपटकको चुनावमा जनताले पत्याएनन् ।

डेंगुको सुरुवाती चरणमा आलोचित बनेका पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादवले पनि चुनावमा पराजय भोग्नु परेको छ । स्वास्थ्यमन्त्री हुँदा विदेश मात्रै घुम्ने गरेका पूर्व स्वास्थ्यमन्त्री यादवलाई सप्तरीका जनताले चुनावमा घुमाइदिएका छन् । सप्तरीका जनताले उनलाई हराएर विदेश घुम्ने फुर्सद दिलाइदिएको चर्चा छ ।

स्वास्थ्यमन्त्रीको रूपमा बदनाम छबि बनाएका पूर्व स्वास्थ्यमन्त्री उमाकान्त चौधरी पनि चुनावमा अस्वीकृत भएका छन् । बाराका जनताले खानेपानी मन्त्री समेत रहेका चौधरीलाई चुनावमा हराइदिएका हुन् ।

स्वास्थ्यमन्त्री हुँदा खासै चर्चामा नआएका रामजनम चौधरीले पनि यसपटकको चुनावमा पार लगाउन सकेनन । कैलालीबाट चुनाव लडेका उनलाई जनताले उठ्ने नसक्ने गरी लडाइदिएका छन् । पूर्व स्वास्थ्यमन्त्री चौधरी चुनाव हार्ने पूर्व स्वास्थ्यमन्त्रीको सूचीमा भने पर्न सफल भएका छन् ।

१९ दिनका लागि स्वास्थ्यमन्त्री बनेका शेरबहादुर तामाङ पनि चुनाव हार्नेमा परेका छन् । उनलाई सिन्धुपाल्चोकका जनताले चुनावमा हराएका हुन् ।

उमेश श्रेष्ठदेखि सुरेन्द्र यादवसम्म चुनाव हार्ने स्वास्थ्यमन्त्रीमा परेका छन् ।

यता पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापा, दिपक बोहरा, खगराज अधिकारी भने यो चुनावमा बाजी मार्न सफल भएका छन् । पूर्व स्वास्थ्य राज्यमन्त्री पद्य अर्यालको भने नतिजा आइसकेको छैन । अधिकांश पूर्व स्वास्थ्यमन्त्री र राज्यमन्त्रीले चुनाव हार्दा अर्यालले पनि पार लगाउन मुस्किल रहेको बुझिन्छ ।

क्याटेगोरी : समाचार
ट्याग : #उपेन्द्र यादव, #गगन थापा, #रामजनम चौधरी, #हृदेश त्रिपाठी

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com