पूर्व स्वास्थ्यमन्त्री बस्नेत, अर्थमन्त्री शर्मा, गृहमन्त्री खाँणलगायतले आफ्नालाई समानुपातिक सांसद बनाए


काठमाडौं । पूर्व स्वास्थ्यमन्त्री शक्ति बस्नेत, अर्थमन्त्री जनार्दन शर्मा, गृहमन्त्री बालकृष्ण खाँण, प्रधानमन्त्री शेरबहादुर देउवालगायतले आफ्नालाई समानुपातिक सांसद बनाएका छन् ।

पूर्व स्वास्थ्यमन्त्री शक्ति बस्नेत सहोदर बहिनी ज्ञानु बस्नेत र अर्थमन्त्री जनार्दन शर्माले सहोदर बहिनी नारायणी शर्मालाई समानुपातिक सांसद बनाएका हुन् । उनीहरू दुबै माओवादीका प्रभावशाली नेता हुन् ।

त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले श्रीमती आरजु देउवा र गृहमन्त्री बालकृष्ण खाँणले श्रीमती मञ्जु खाँणलाई समानुपातिक सांसद बनाएका छन् ।

एमाले महासचिव शंकर पोखरेलले सहोदर बहिनी मेनका कुमारी पोखरेललाई समानुपातिक सांसद बनाएका छन् भने उपाध्यक्ष रामबहादुर थापा बादलले श्रीमती नैनकला थापालाई समानुपातिक सांसद बनाएका हुन् ।

जसपा नेता अशोक राईले श्रीमती सुशीला श्रेष्ठलाई समानुपातिक सांसद बनाउन सफल भएका हुन् ।

समानुपातिक परिवार 

१. आरजु राणा – शेरबहादुर देउवा/पति

२. मन्जु खाँण – बालकृष्ण खाँण पत्नी/पति

३. नैनकला थापा- रामबहादुर थापा पत्नी/पति

४. मेनका पोखरेल – शंकर पोखरेल बहिनी/दाजु

५. नारायणी शर्मा- जनार्दन शर्मा बहिनी/दाजु

६. ज्ञानु बस्नेत – शक्ति बस्नेत बहिनी/दाजु

७. सुशीला श्रेष्ठ – अशोक राई पत्नी/पति

 

क्याटेगोरी : समाचार, सुशासन
ट्याग : #समानुपातिक परिवार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com