आरधनाका साथ मनाइँदैछ श्रीपञ्चमी


काठमाण्डौ, माघ १२
सरस्वती माया दृष्टा वीणापुस्तकधारिणी ।
हंस वाहनसंयुक्ता विद्यादानं करोतु मे ।।
प्रथमं भारती नाम द्वितीयं च सरस्वती ।
तृतीयं शारदा देवी चतुर्थं हंसवाहिनी ।।२।।
पञ्चमं तु जगन्माता षष्ठम वागीश्वरी तथा ।
सप्तमं चैव कौमारी चाऽष्ठमं वरदायिनी ।।३।।
नवमं बुद्धिदात्री च दशमं ब्रह्मचारीणी ।
एकादशं चन्द्रघण्टा द्वादशं भुवनेश्वरी ।।४।।
द्वादशैतानि नामानि त्रिसन्ध्यं यः पठेन्नरः ।
जिह्वाग्रे वसते तस्य ब्रह्मरूपा सरस्वती ।।५।।

श्रीपञ्चमी विद्याकी देवी सरस्वतीको पुजा आरधाना गरिने दिन हो । प्रत्येक वर्षको माघ शुक्ल पञ्चमी तिथीलाई सरस्वती जयन्ती, श्रीपञ्चमी तथा वसन्तपञ्चमीको रुपमा परिचित छ । वसन्त ऋतुको प्रारम्भ हुने भएकोले यस दिनलाई वसन्त पञ्चमी भनिएको हो । ऋतुराज वसन्तलाई नयाँ सृजनाको ऋतु पनि भनिन्छ । वर्षाको अभावमा लता, बृक्ष आदि रसिला हुने पुष्प पल्लवित रुख विरुवामा नयाँ पालुवा पलाउन थाल्छन वसन्तपञ्चमी श्रृगार रसमा आधारित छ । संसारका सर्जक व्राहको मुखवाट उदय भएकी महासरस्वती प्राणीहरुको वागदेवी वा वाणीकी देवी हुन । ज्ञानकी खानी देवी सरस्वतीलाई वागदेवी, व्रह्यणी, भारतीवाणी, सरस्वती, शारदा, जगतमाता, वागेश्वरी, कौमारी, चन्द्रघण्टा, जगतमाता, वरदायिनी, कामधेनु, बुद्धीदात्री आदि हजारौ सरस्वतीको कवच हो । आज नजिकको सरस्वती मन्दिर, बिद्यालयका साथै घरघरमा सरस्वतीको पुजा गरिन्छ । यस दिन वालवालिकाहरुलाई अक्षराम्भ गरि कलिला अज्ञानी हृदयमा ज्ञानको ज्योतीवाली विद्याको जग बसालिन्छ ।

सरस्वतीलाई ज्ञान र बुद्धिका देवीको रुपमा पूजिन्छ । सत्गुण प्रदान, हंसवाहिनी सरस्वतीको आफ्नो स्वरुप, उनले प्रयोग गर्ने विणा पुस्तक र वहान पनि सेतो रङ्गका हुन्छन । शुद्ध सेतो कमलको फुलमा विराजमान भएको पाइन्छ । कमलको फूल प्रकाश, ज्ञान, सचेतना, सत्य, सर्वोच्चता र वास्तविकताको प्रतिक हो । देवीको चार हातले भावना, वौद्धिकता, आत्माचेतना र अहमताको प्रतिनिधित्व गर्दछ । चार हात मध्ये दुई हातमा पुस्तक, माला र दुई हातमा वीणा रहेको छ । अगाडिको दुई हातले भौतिक संसार र पछाडिको दुई हातले अध्यात्मिक संसार भन्ने बुझाउँछ । दायाँ हातले मन मानस वाया हातले वौद्धिकता वातनुकुल चेतना र अहम वुझाउछ । मालाले जिवन एकाग्रता ध्यान र वेदको पुस्तकलाई ज्ञान सर्वोच्च ज्ञानको रुपमा चित्रण गरिएको छ । वहान हाँसलाई पवित्र चराको रुपमा लिइन्छ जसले दुध र पानी छुट्याईदिन सक्छ ।

माता सरस्वतीलाई विद्या, ज्ञान, विज्ञता, ललितकला, विज्ञान र प्रविधीका देवीको रुपमा हेरिन्छ । नृत्यकला, कार्यकुशलता, हातको सिप, वाणीको मधुर्यता, गला, कलाको आर्कषण केन्द्र, निरन्तर साधनावाट साध्य प्राप्तीमा प्रेरित गर्ने सरस्वतीको विभिन्न पुजा र साधनाका विधी छन । संस्कार सभ्यता र सांस्कृतिकी महादेवी सरस्वती जयन्तीका दिन नाक,कान छेड्ने, अन्य उद्यमशिलता कार्य गर्न कुनै साइत जुराउनु पर्देन ।

उत्साह, लगनशिलता र अथक प्रयास नै सफलताको प्रेरक मान्ने देवी बिद्याकी खानी नै हुन । नैतिकता, त्याग, लज्जा, सेवा र सर्मपण भावनै विद्याका गहना हुन । विद्या, कला, शव्द, विज्ञान, वाणीकी देवी सरस्वती आज सम्झना गर्दे पुजा गरिन्छ ।

आजको दिन अक्षराम्भ, सर्जकहरुले सृजना कोर्ने, कलाकर्मीहरुले कला प्रर्दशन सर्जकहरुले सृजनाका हतियारहरु पूजा गर्ने गर्दछन । सरस्वतीको कारणले संगितको उत्पत्ति भएकोले संगितको देवीको रुपमा हेरिन्छ । बौद्ध धर्मालम्वीहरु मञ्जुश्रीलाई सरस्वतीको रुपमा पुजा गर्ने गर्छन ।
आजको दिन देशका बिभिन्न सरस्वती मन्दिर तथा विद्यालयहरुमा घुइँचो हुने गर्दछ । विद्यार्थी, कलाकर्मी, सौदर्यकर्मी, सृजनाकर्मीको लागि आजको दिन विषेश महत्व रहेको छ ।

क्याटेगोरी : विचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com