भूमाफिया चाम्लिङले सरकारी जग्गा हडपेर धोबीखोला करिडोरमा भाडामा लगाएको ‘सुकुम्बासी’ घर खाली
काठमाडौं। भूमाफिया इन्द्रकुमार चाम्लिङले सरकारी जग्गा हडपेर बानेश्वर धोबीखोला करिडोरमा भाडामा लगाएको ‘सुकुम्बासी’ घर खाली हुन थालेका छन्। जिल्ला प्रशासन कार्यालय र काठमाडौं महानगरपालिकाले संयुक्त रूपमा बस्ती खाली गराउन ‘माइकिङ’ गरेपछि देवीनगरमा भूमाफिया चाम्लिङले भाडा खान बनाएको सुकुम्बासी बस्ती खाली हुन थालेको हो। बानेश्वर देवीनगरमा चाम्लिङले सुकुम्बासीका नाममा भाडामा राखेका अधिकांश मानिसहरू कोठा खोजेर सरिसकेका छन्। केही भने कोठा नपाएर भौतारिरहेका छन्। त्यतातिर सुकुम्बासीका नाममा बसेका हुकुमबासी पनि सुरक्षित स्थानतिर सरिसकेका छन्।
हर्क साम्पाङका ‘सुकुम्बासी-गुरू’ भूमाफिया चाम्लिङले कमपाउण्डभित्र ढुङ्गेधारा हालेर कब्जा जमाइरहेका छन्। बानेश्वर देवीनगरस्थित सरकारी जग्गा अतिक्रमण गर्ने भूमाफिया इन्द्रकुमार चाम्लिङ भूमाफिया चाम्लिङले कमपाउण्डभित्र हालेको ढुंङ्गेधारा बालेन सरकारले सार्वजनिक गर्ने भएको छ। उनले अतिक्रमणमा परेको उक्त ढुङ्गेधारा बालेन सरकारले सार्वजनिक प्रयोग गर्न मिल्नेगरी कम्पाउण्डमा डोजर लगाउन लागेेको हो।
काठमाडौं महानगरपालिका वडा नम्बर १० देवीनगरस्थित भूमाफिया चाम्लिङसहितले अतिक्रमण गरेर बनाएका संरचना बालेन सरकारले डोजर लगाउँदैछ। भूमाफिया चाम्लिङले सिट नम्बर १०२-११०६-२२ को कित्ता नम्बर ६५ रहेको सरकारी जग्गामा बनेको टहरो मर्मत गरेर भाडामा लगाएका छन्। कित्ता नम्बर ४०९ को सरकारी जग्गामा बनेको अनधिकृत घर भूमाफिया चाम्लिङले भाडामा लगाएका छन्। महानगरको डोजरले छाडेको संरचनाबाहेकमा सफा गरेर उनले भाडामा लगाएका हुन् । त्यो ४ तले घरको भत्काउन बाँकी संरचना धेरैजसो सरकारी जग्गामै पर्छ ।
कित्ता नम्बर ५४७, ५५२,५५३, ७७१ र ७७२ मिचेर भूमाफिया चाम्लिङ हरियो घर बनाएका छन् । उक्त घर आधा सरकारी जग्गामा बनेपछि महानगरसँग सेटिङ मिलाएर जोगाएको चर्चा छ। भूमाफिया चाम्लिङले सरकारी जग्गामै घेराबारा लगाई पार्किङ बनाएर निजी गाडी राखेका छन्। उनले ढुंगेधारा समेत हरियो घरको कम्पाउण्डभित्र हालेका छन्।
नेकपा एमालेका नेता हेमराज घिसिङ र भूमाफिया चाम्लिङ मिलेर सरकारी जग्गामा संयुक्त रूपमा घर बनाएका छन्। उक्त घरबाट उनीहरूले आधा-आधा भाडा खाने गरेका छन्। बानेश्वर देवीनगरमा धोबीखोला बगर अतिक्रमण गर्नेमा चाम्लिङ र घिसिङसहित केपी ओलीले मधेश प्रदेशको प्रमुख बनाएका डा. राजेश झा अहिराज र माओवादी नेता अमिक शेरचन समेत रहेका छन्। उनीहरूको मिलेमतोमा देवीनगरमा सरकारी जग्गा कब्जा गरिएको हो।
भूमाफिया चाम्लिङको ५७७ कित्ता नम्बरसँगै जोडिएको १९१ नम्बर कित्ताको सरकारी जग्गाको केही भाग मिचेर ८ तले भवन (टावर) बनाएका छन्। उनले ८ तले टावर ५ भागको दुई भाग १९१ कित्ताको सरकारी जग्गामा बनेकाे छ। पिलरमा १६ को डण्डी हालेर साढे दुई तले भवनको नक्सा पास गरेको उक्त भवन ८ तले बनाएपछि स्थानीयहरु त्रसित छन्।
यता अनामनगरको सुकुम्बासी बस्ती पनि लगभग खाली भएको छ। काठमाडौं महानगरपालिका वडा नम्बर २९ को कार्यालयसँगै रहेको सुकुम्बासी बस्ती छाडेर हिँड्न थालेका छन्। कोही सुकुम्बासी बस्तीमा घर बनाएर बस्ने इमाडोलको आफ्नो घरमा सरेका छन्। कोही भने आफ्नो नाममा जग्गा भएकाले डेरा खोजेर सरेका हुन्। मोरङको उर्लाबारीमा १० औं रोपनी जग्गा भएका परिवार पनि अनामनगरको सुकुम्बासी बस्तीमा बसेको फेला परेको छ। बालेन सरकारले डोजर लगाउने भएपछि देवीनगर र अनामनगरका भूमाफियाहरू भागाभाग भएका छन्।
क्याटेगोरी : समाचार
ट्याग : #भूमाफिया इन्द्र कुमार चाम्लिङ


तपाईको प्रतिक्रिया दिनुहोस