राष्ट्रपतिद्वारा स्वास्थ्यमन्त्रीमा खतिवडा, राज्यमन्त्रीमा खापुङ नियुक्त


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा विरोध खतिवडा र राज्यमन्त्री भवानी खापुङलाई नियुक्त गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले स्वास्थ्यमन्त्रीमा खतिवडा र राज्यमन्त्रीमा खापुङ नियुक्त गरेकी हुन् ।

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूको नेतृत्वमा मिति २०७८/३/२९ गते गठित मौजुदा मन्त्रिपरिषद्‍मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा देहायअनुसार नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गर्नुभएको छ ।’ उल्लेख छ ।

मन्त्रीहरुको आजै सपथको तयारी भइरहेको छ ।

हेर्नुहोस् मन्त्रिमण्डलको सूची

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com