थापाथली जनकल्याणले स्वास्थ्य शिविर संचालन गर्ने


काठमाडौं । थापाथली जनकल्याण परिवारले निःशुल्क स्वास्थ्य शिविर संचालन गर्ने जनाएको छ ।

परिवारको ३२ औं वार्षिक साधारण सभाको अवसरमा आयोजित कार्यक्रममा जनकल्याण परिवारले निःशुल्क स्वास्थ्य शिविर संचालन गर्ने जनाएको हो ।

जनकल्याणका महासचिव लक्ष्मण थापाले वडा कार्यालयसँगको सहकार्यमा स्वास्थ्य सेवा शिविर, रक्तदान र अन्य स्वास्थ्य कार्यक्रम संचालन गरिने बताए । जनकल्याणले रक्तदान कार्यक्रम र औषधि व्यवस्थापनका लागि ३० हजार छुट्याएको छ । जनकल्याणको शिक्षा तथा स्वास्थ्य समितिका संयोजक रामकृष्ण अधिकारी हुन् । उनकै नेतृत्वमा स्वास्थ्य शिविर संचालन हुने छ ।

थापाथली जनकल्याण परिवारको व्यवस्थापन एवं काठमाडौं मेडिकल कलेजको प्राविधिकि सहयोगमा २०७८ पौष ९ गते गुह्येश्वरी वाल शिक्षा माविमा वृहत्त निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भइसकेको छ । त्यस्ता स्वास्थ्य शिविर निरन्तर चल्ने महासचिव थापाको भनाइ छ ।

जनकल्याणले वार्षिक झन्डै १२  लाख रुपैयाँ सामाजिक क्षेत्रमा खर्च गर्दै आएको अध्यक्ष हिरालाल तण्डुकारले बताए । जेष्ठ नागरिकलाई भोजन गराउन, स्वास्थ्य शिविर चलाउन, अशक्त बालबालिका स्वास्थ्य उपचार र छात्रवृत्तिलगायतका विषयमा उक्त पैसा खर्च हुने गरेको उनको भनाइ छ ।

जनकल्याणले गरिबीको कारणबाट औषधि उपचारबाट बञ्चित हुन पुगेका ३ जना बालबालिका तथा युवालाई प्रतिव्यक्ति ५ हजार उपलब्ध गराउने जनाएको छ ।

जनकल्याण परिवारका कोषाध्यक्ष भरत राजभण्डारीले संस्थाको चालू सम्पत्ति तथा जयजेथा १ करोड ८५ लाख ६४ हजार ३७७ रुपैयाँ रहेको जानकारी दिए ।

काठमाडौं  क्षेत्र नम्बर १ (१)बाट निर्वाचित बागमती प्रदेशसभा दिपेन्द्र श्रेष्ठले जनकल्याणले स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा पुर्‍याएको योगदानको खुलेर प्रशंशा गरे । कोभिड-१९ को समयमा रत्नराज्य स्कुलमा खोलेको निःशुल्क आईसोलेसन सेन्टरमा जनकल्याणले आर्थिक सहयोग उपलब्ध गराएको भन्दै उनले यो संस्था सामाजिक सेवाका क्षेत्रमा अब्बल रहेको बताए ।

जनकल्याणलाई जस्तोसुकै सहयोग गर्न तयार रहेको सांसद श्रेष्ठको भनाइ छ ।

जनकल्याण परिवारका सल्लाहकारमा डा. दिपबहादुर कार्की, संरक्षण समितिका अध्यक्षमा हिमालय शम्शेर राणा लगायतरहेका छन् ।

क्याटेगोरी : समाचार
ट्याग : #११ नम्बरका वडाध्यक्ष हिरालाल तण्डुकार, #थापाथली जनकल्याण परिवार, #दिपेन्द्र श्रेष्ठ

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com