विराटले आफ्नो प्रयोजनका लागि दिएको पत्रलाई डा. गिरीले दुरुपयोग गरेपछि ……

उपकुलपति भन्छन् : जुनसुकै विश्वविद्यालयमा पनि सुरुवाती प्रोफेसर सिफारिस कलेज आफैले गर्ने हो


काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका निलम्बित उपकुलपति डा. ज्ञानेन्द्र गिरीले प्राध्यापक पदको दुरुपयोग गरी ज्ञानेन्द्र मान सिंह कार्कीलाई समेत तानेका छन् ।

सन् २०१४ अप्रिल १ तारिकमा विराट अस्पताल प्रा.लि.ले कलेजको सम्बन्धन पाउँने प्रक्रियामा आफ्नो प्रयोजनका लागि मात्रै प्रोफेसर हुन योग्य रहेको भन्दै गिरीलाई पत्र दिएको पाइएको छ । तर, गिरीले भने विराट अस्पतालको पत्रलाई चरम दुरुपयोग मात्रै गरेनन् अनाहकमा डा. कार्कीलाई समेत विवादमा तानेका छन् ।

नियम अनुसार कलेज सञ्चालन गर्नु पूर्व विश्वविद्यालयलाई सम्बन्धन पाएको खण्डमा प्रोफेसर हुन योग्य व्यक्तिहरूको लिष्ट पठाउँनु पर्छ । विराट अस्पतालले डा. गिरीसहित थुप्रैको नाम र नियुक्तिको पत्रसहित योग्यता पुग्ने डकुमेन्ट विश्वविद्यालय पठाएका थियो ।

‘विश्वविद्यालयका एक अधिकारीले भने, ‘कलेज सम्बन्धनको प्रक्रियामा जाने बेला हामीसँग यो–यो क्षमता र योग्यताका चिकित्सक छन् । विश्वविद्यालयले पद प्रमाणीकरण गरोस् भनेर विराटले पत्र लेखेको देखिन्छ । सबै कलेजहरूको सुरुवाती प्रक्रिया पनि यही हुन्छ ।’

काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर भोला थापाले हाम्रो प्रक्रियामा कुनै पनि चिकित्सक योग्य रहेको भनी पत्र स्वयं कलेजले पठाउँछ । ‘स्कुल अफ मेडिकल साइन्सेसको डीन कार्यालयमा अस्पताल वा कलेजले प्रोफेसर सिफारिस गरेर पठाएको सबै डकुमेन्टहरू हेरिन्छ उपकुलपति प्रा.डा थापाले भने, ‘सम्बन्धित कलेज वा अस्पतालले पठाएको डकुमेन्टका आधारमा प्रोफेसर क्वालिफाइ गर्ने वा नगर्ने भनेर विश्वविद्यालयले प्रमाणीकरण गरेर पठाउँछ ।’

उपकुलपति प्रा. डा. थापा भन्छन्, ‘डीनले सम्बिन्धित कलेजलाई पत्र पठाएपछि प्रोफेसरको नियुक्ति सम्बन्धित कलेजले नै दिने गर्छन् हामीले हैन । अहिलेसम्म भएको नेपालको प्रक्रिया त्यही हो । तर, डा. गिरीको विषयमा विराटले पठाएको पत्रका आधारमा हामीले प्रोफेसर दिए नदिएको बारे हेछौं, उसले आफ्नो कलेजका लागि उपयुक्त पात्र हो भनेर दिनै नहुने भन्ने हुदैन उसैले दिएर केयुमा सिफारीस हुने हो ।’

उपकुलपति प्रा. डा. थापाले, ‘भने अनुसार नै प्रोफेसर सिफारीस गरेर विराट अस्पतालले केयुमा डकुमेन्टसहितको पत्र पठाएको थियो । तर, केयुले गिरीलाई प्रोफेसरको मान्यता दिएको छैन । यस्तो अवस्थामा गिरीले विराटले सिफारीस गरेको प्रोफेसर ढिसमिस गर्नुपर्नेमा वीपीमा लगेर दुरुपयोग गरेको देखिएको केयुका अधिकारीहरूको भनाइ छ ।’

उपकुलपति प्रा. डा. थापाले बताए अनुसार अस्पतालले आफ्नो प्रयोजनका लागि जुन पदमा पनि नियुक्ती दिन सक्छ । तर, त्यो दुरुपयोग भने गर्न मिल्दैन । विराटले दिएको पत्र गलत हो भन्न मिल्दैन । आफ्नो अस्पताल भित्रका लागि पद दिएको हो । त्यो नितान्त व्यक्तिगत सस्थाको कुरा भयो । उहाँले प्रोफेसरका लागि योग्य भन्दै केयुमा पत्र पठाउँनुहुन्छ, केयुले प्रोफेसर हो भने हो, हैन भने हैन ।

आफ्नो संस्था भित्र यो विज्ञता भएको व्यक्ति छ यसलाई प्रोफेसर सिफारीस गर्छु भनेर सस्था भित्र भन्न पाइयो र केयुमा पठाउँन पनि पाइयो । त्यसको अन्तिम निर्णय विश्वविद्यालयको हो । कलेजले प्रोफेसर योग्य भनेर सिफारीस नगर्दासम्म विश्वविद्यालयले डकुमेन्टनै हेर्दैन ।

तर, पछिल्लो समय विवाद आएपछि अब सिधै अस्पताल वा मेडिकल कलेजले प्रोफेसर लेखेको भरमा विश्वविद्यालयले मान्ने भन्दा पनि प्रोफेसर दिनका लागि छुट्टै निकाय बनाउँनु पर्ने देखिएको छ ।

प्रा. डा. थापा भन्छन्, ‘विगतमा अस्पतालले दिएपछि त्यसलाई मान्ने नमान्ने भन्ने मात्रै थियो अब अन्तरवार्ता समेत हुने छ ।’

खास भएको के हो ?

विराट मेडिकल कलेज खोल्ने समयमा विश्वविद्यालयमा सम्भावित प्रोफेसर देखाउँनु पर्छ । सोही क्रममा सन् २०१४ अप्रिल १ तारिकमा विराट अस्पतालले एमडी गरेर दश वर्षभन्दा बढी सेवा गरेका चिकित्सकलाई नियम अनुसार प्रोफेसर नियुक्त गरेको पत्रसहित स्वीकृतीका लागि केयुमा पठाएको थियो ।

सबै प्रक्रिया पुरा गरेपछि विराटले प्रोफेसरका लागि विज्ञापन आवहान गरेको थियो । कलेजले सबै विषयमा प्रोफेसर, असोशिएट प्रोफेसर आवश्यकता भनेको थियो । दश वर्ष पार गरिसकेकाहरुलाई नियम अनुसार विराटले प्रोफेसरको योग्यता हुने भन्दै पत्र दिएको थियो ।

हामीले यसरी गिरीलाई मात्र हैन कयौंलाई पत्र दिएका छौं एक अधिकारीले भने । यो पत्र हामीले हाम्रो कलेजका लागि प्रोफेसर योग्य हुनुहुन्छ भनेर दिएका हौंं । तर, यसको अन्तिम स्वीकृती भने काठमाडौं विश्वविद्यालय हो । यदी हामीले भने अनुसार विश्वविद्यालयले तपाइलाई प्रोफेसरको डिग्री दियो भने तपाई विराटको प्रोफेसर कायम हुनुहुन्छ । अन्यथा हामीले दिएको पत्रको कुनै अर्थ रहँदैन तपार्इं चिकित्सक मात्रै रहनुहुन्छ भनेरै पत्र दिएका हौ ।

चिकित्सा शिक्षा आयो, विश्वविद्यालय सबैको  मापदण्डमा एमडी गरेको १० वर्ष पुरा भएको खण्डमा प्रोफेसरका लागि योग्य ठहरिने उल्लेख छ । यही आधारमा विराट मेडिकल कलेजले प्रोफेसरको रुपमा नियुक्ती लिन तपाईंको योग्यताले पुग्छ भनेर विराट अस्पतालका अध्यक्ष डा. ज्ञानेन्द्र मान सिंह कार्कीले डा. गिरीलाई पत्र दिएका हुन् ।

कुनै पनि अवस्थामा विराटले प्रोफेसर दिन सक्दैन एक अधिकारीले भने, ‘यो दिएको भनेको मेरो अस्पतालमा काम गर्ने डाक्टरलाई तपाइको प्रोफेसरका लागि हामी प्रस्ताव गर्छौ र काठमाडौं विश्वविद्यालयमा पठाउँछौं भनेर दिएको हो ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत उक्त पत्रबारे स्पष्ट पारेको छ । तर, कलेजका सञ्चालक डा.ज्ञानेन्द्र मान सिंह कार्कीले यस विषयमा आफू अहिले कुनै प्रतिक्रिया नदिने बताए । कानुनी रुपमा मुद्धा दर्ता भएकाले यसमा आफु बोल्न उपयुक्त नहुने र सम्बन्धित ठाउँमा आफ्ना कुरा राख्ने बताए ।

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार, सुशासन

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com