टर्की र सिरियामा गएको भुकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ४ हजार नाघ्यो


एजेन्सी। टर्की र सिरियामा गएको भुकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ४ हजार नाघेको छ ।

सोमवार स्थानीय समय अनुसार बिहान ४ बजेर १७ मिनटमा टर्कीको गाजी अन्तेप र सिरियाको सीमा नजिकै ७ दशमलव ८ रेक्टरस्केलको भुकम्प गएको थियो । जसमा हालसम्म ४ हजारभन्दा धेरैको मृत्यु भएको टर्की सरकारले बताएको छ ।

भुकम्पमा परी घाइते हुनेको सङ्ख्या १२ हजारभन्दा धेरै रहेको बताइएको छ । घाइतेहरूको उपचार स्थानीय अस्पतालहरूमा भइरहेको छ ।

टर्की सरकारका अनुसार उद्धारको काम जारी रहेको र मृत्यु हुनेको सङ्ख्या थप बढ्न सक्ने छ ।

भुकम्पमा टर्की र सिरियाका २० भन्दा धेरै स्वास्थ्य संस्था क्षतिग्रस्त बनेका छन् । तर, विस्तृत विवरण भने आउन बाँकी छ ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com