महालेखा भन्छ, ‘वीपी प्रतिष्ठानभित्र रहेको धर्मशालाको आम्दानी छुट्टै कोषबाट प्रयोग भयो’


काठमाडौं । महालेखा  परीक्षकको कार्यालयको प्रारम्भिक प्रतिवेदनले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्र रहेको धर्मशालाको आम्दानी छुट्टै कोषमा जम्मा भइ प्रयोग भएको जनाएको छ ।

वीपी प्रतिष्ठानभित्र स्थापित भागवत प्रसाद श्रेष्ठ स्मृति धर्मशालाले आफ्नो छुट्टै कोष खोलेर आम्दानी प्रयोग गरिरहेको महालेखाले औल्याएको छ ।

वीपी प्रतिष्ठानको परिसरभित्र स्थापित जुनसुकै संरचना प्रतिष्ठानको स्वामित्वमा हुने र उक्त संरचनाको आय पनि प्रतिष्ठानकै कोषबाट संचालित हुनुपर्नेमा धर्मशालाको परिषरमा रहेको खाजा घर र अन्य आम्दानी प्रतिष्ठानको कोषमा आउनुको सट्टा धर्मशालाको छुट्टै कोषमा जम्मा भइ प्रयोगमा आएको महालेखाले जनाएको छ ।

२०६७ सालमा नै धर्मशाला हस्तान्तरण भएपनि वीपी प्रतिष्ठानभित्र धर्मशालाले मनोमानी गरिरहेको महालेखाको ठहर छ ।

महालेखा परीक्षकको प्रारम्भिक प्रतिवेदनले वीपी प्रतिष्ठानभित्र धेरै बेथिति औंल्याएको छ । प्रारम्भिक प्रतिवेदन समाचार तयार पार्नका लागि प्रयाप्त आधार हो । वीपी प्रतिष्ठानभित्र महालेखाले प्रारम्भिक प्रतिवेदनमा औंल्याएका कुरालाई स्वास्थ्य लाइभले प्राथमिकताका साथ समाचार प्रकाशित गर्दै जानेछ ।

 

क्याटेगोरी : मेडिकल शिक्षा
ट्याग : ## वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, #धर्मशाला

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com