अभागी स्वास्थ्य सेवा विभाग ‘अब्जस्या’ कर्मचारी

जनताको सेवाका लागि वितरण गरेका कयौं उपकरण अझै सञ्चालनमा आएनन्


काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलाय, स्वास्थ्य सेवा विभाग मातहत रहेको व्यवस्थापन महाशाखा सबैको आँखाको तारो बन्ने गर्छ । उसले गरेका जति सुकै राम्रा काम भएपनि कसैले चर्चा गर्दैनन् । खरिद गर्ने महाशाखा भएकाले केही किथ्रे व्यापारी सधै त्यसको विरुद्धमा उभिएका हुन्छन् ।

आफ्नो स्वार्थ अनुसार नहुने भएपछि महाशाखा र त्यहाँ कार्यरत कर्मचारीलाई अफ्ठेरोमा पार्नु उनिहरूको पहिलो कर्म हुने गरेको छ । अधिकारीहरू भन्छन्, ‘स्वास्थ्य सेवा विभाग अभागी छ । जति राम्रो जनताका लागि काम गरेपनि कहिल्यै जस पाउँदैन । यहाँका सबै कर्मचारी अब्जस्या छन् ।’

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री र सचिवको चाहना र जनताको माग अनुसार व्यवस्थापन महाशाखाले तीव्र गतिमा काम गरिरहेको छ । केही माफियाहरूको प्रभावमा परेर डायलाइसिस मेसिनका बारेमा व्यापक विरोध भयो । तर, उक्त मेसिनहरू वीभिन्न अस्पतालमा जडान हुँदा सयौं मिर्गौलाका बिरामीको ज्यान जोगियो ।

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका अनुसार अहिले पनि जनताका माग अनुसारका उपकरणहरू विभिन्न अस्पतालहरूमा पठाईएको छ । तर, अस्पतालहरूले धेरै उपकरण सञ्चालनमा ल्याएका छैनन् । अस्पतालले माग गरेर लगेका तथा नेता मन्त्रीहरूले पठाएका उपकरण सञ्चालनमा नआएको दोष समेत विभागले खेप्नु परेको छ ।

व्यवस्थापन महाशाखाको तथ्याङ्क अनुसार १ सय ३३ वटा हेमोडायलासिस मेसिन मध्ये ९५ वटा सञ्चालनमा आएका छन् । बाँकी ३८ वटा विभिन्न स्वास्थ्य संस्थालाई पठाइसकेको भएपनि सञ्चालनमा आएका छैनन् ।

त्यस्तै डिजिटल एक्स–रे मेसिन ३६ वटामा सबै वितरण भएको छ । अस्पतालहरूको माग अनुसार वितरण गरिएको भएपनि ११ वटा जडान भइ सञ्चालनमा आएको र बाँकी २५ वटा वितरणभएपनि सञ्चालनमा नआएको तथ्याङ्कले देखाउँछ ।

महाशाखाका खरिद प्रमुख डा. सुरेन्द्र चौरासियका अनुसार फ्ल्याट प्यानल डिटेक्टर प्रणालीको साथ मोबाइल एक्स–रे मेसिन १३ वटा मध्ये सबै वितरण भइसकेका छन् । तर, अस्पतालहरूले अझै १० वटा जडान गरेका छैनन् । १० वटा पोट्रेवल एक्स–रे मेसिन मध्ये एउटा जडान हुन बाँकी छ ।

पूर्ण स्वचालित हेमाटोलोजी विश्लेषक मेसिन १० मध्ये ९ वटा मात्रै सञ्चालनमा छ । अर्ध–स्वचालित बायोकेमिस्ट्री विश्लेषक १० मध्ये ३ वटा अझै जडान भएको अवस्था छैन । ९ वटा पोर्टेबल यूएसजी रङ डपलर थ्री प्रोबहरू मेसिन मध्ये ३ वटा जडान भएका छैनन् । तर, यी उपकरणहरू स्वास्थ्य सेवा विभागमा छैन ।

अस्पतालहरूले लगिसकेका छन् । तर, जडान गरेका छैनन् । यस्तै ११७ वटा पोर्टेबल यूएसजी मेसिन मध्ये १ वटा मात्रै जडान भएर सञ्चालनमा आएको छ । बाँकी अस्पतालहरूले लगेर पनि जडान गरेका छैनन् ।

सयवटा इसिजी मेसिन मध्ये ८० वटा जडान पछि सञ्चालनमा छन् । २० वटा जडान भएको छैन । यता ३ वटा इआरसिपी मध्ये १ वटा जडान भएको अवस्था छैन ।

सि–आम मेसिन ३ वटा खरिद गरेको थियो तर, हाल २ वटा जडान भएर सञ्चालनमा छन् । २ वटा सर्पिल एन्डोस्कोप प्रणालीमध्ये सबै सञ्चालनमा छ । ३१७ वटा भेन्टिलेटरहरू वितरण गरिएको मध्ये १ सय ९५ वटा मात्रै सञ्चालनमा आएका छन् । अझै १ सय २२ वटा सञ्चालनमा नरहेको डा. चौरासियाले बताए । १ सय ७८ वटा पोर्टेबल भन्टिलेटर मध्ये १ सय १२ वटा सञ्चालनमा आएको अवस्था छैन ।

यता नवजातदेखि वयस्क भेन्टिलेटर २ सय ४२ वटा मध्ये हाल १ सय ५१ वटा मात्रै सञ्चालनमा रहेका छन् । ९१ वटा नवजातदेखि वयस्क भेन्टिलेटर अझै अस्पतालहरूले सञ्चालनमा ल्याएका छैनन् ।

अधिकारीहरू भन्छन्, ‘विभागले पठाएका अत्यावश्यक उपकरण समयमा जडान गरेर नागरिकको सेवामा ल्याउनु पर्छ । विभागले पठाएका उपकरणहरू आवश्यकता देखाएर लैजाने तर, प्रयोगमा नल्याउने देखिएको छ । यसलाई स्थानीय र प्रदेश सरकारले कडाइका साथ अनुगमन गरी कारबाहीको दायरामा ल्याउनु पर्छ ।’

प्याटेन्ट मनिटर ५ सय २९ वटा मध्ये २६ वटा अझै सञ्चालनमा आएका छैनन् । १ सय ५० लिटरको अटोक्लेभ मेसिन १२ मध्ये ११ वटा जडान नै भएको छैन । यता १० वटा एबिजी मेसिन मध्ये ६ वटा जडान भएको छैन । ७१ वटा मोबाइल थर्मोकोगुलेटर मध्ये ३१ वटा प्रयोगबिहीन अवस्थामा छन् । एनेस्थेसिया वर्कस्टेशन २९ मध्ये १९ वटा सञ्चालनमा छैनन् ।

अधिकारीहरू भन्छन्, ‘अधिकांश सञ्चालन नभएका उपकरणहरू डेलिभर गरिएको र प्रयोग गर्न तयार अवस्थामा छन् ।’

महाशाखाले गरेको केही जनमुखी उपलब्धी :
हेमोडायलासिस मेशिनः सङ्घीय अस्पताल, शिक्षण अस्पताल, प्रादेशिक अस्पताल, स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा जिल्ला अस्पतालहरूमा वितरण, जडान तथा सञ्चालन भएकोले बिरामीहरूलाई डायलासिस सेवा लिन विगतमा भन्दा धेरै सहज भएको छ ।

एक्स रे मेशिनः सङ्घीय अस्पताल, जिल्ला अस्पताल र पालिका स्तरीय अस्पतालहरूमा वितरण, जडान तथा सञ्चालन भएकोले केही पालिका स्तरसम्म एक्स रे सेवा विस्तार स्तार भएको छ ।

एनालाईजर मेशिनः बिरामीहरूको बढी लोड हुने अस्पतालहरूमा वितरण, जडान तथा सञ्चालन भएकोले बिरामीहरूलाई सेवा प्रयोगशाला सेवा लिन साबिकमाभन्दा सहज भएको छ ।

ई.सि.जी.मेशिनः सङ्घीय अस्पताल, शिक्षण अस्पताल, प्रादेशिक अस्पताल, स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा जिल्ला अस्पतालहरू र दर्गम स्थानमा रहेका पालिका स्तरीय अस्पतालहरू समेत वितरण, जडान तथा सञ्चालन भएकोले बिरामीहरूलाई सेवा लिन सहज भएको छ ।

भेन्टिलेटरः सङ्घीय अस्पताल, शिक्षण अस्पताल, प्रादेशिक अस्पताल, स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा अन्य अस्पतालहरूमा वितरण, जडान तथा सञ्चालन भएकोले बिरामीहरूलाई कोभिड–१९ को महामारीको समयमा समेत सेवा प्रदान गर्न सहज भएको छ ।

यू.एस.जी.मेशिन (भिडियो एक्स–रे मेशिन) : मधेश प्रदेश र कर्णाली प्रदेशका पालिकाहरुमा वितरण, जडान तथा सञ्चालन गर्ने कार्यक्रम भएकोले गर्भवती महिलाहरूलाई गर्भवती सेवा लिन साबिकमाभन्दा सहज हुने र गर्भवती आमा र शिशुको स्वास्थ्य प्रबर्द्धन हुने भएकोले नवजात शिशु मृत्युदर न्यूनीकरण गर्न सहयोग पुग्ने ।

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com