किन राेके प्रचण्डले स्वास्थ्यमा १२ औं तहको बढुवा, कसलाई बनाउँन चाहन्छन् प्रधानमन्त्री ?


काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएपछि पुस १९ गते स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रमुख विशेषज्ञ नियुक्तिको फायल पुन: मन्त्रिपरिषद्मा पठाइएको थियो । अघिल्लो सरकारको पालामा गरिएको प्रस्तावलाई फिर्ता गरेर नयाँ गर्न स्वास्थ्यमै फिर्ता पठाइएको थियो । १८ गते फिर्ता पठाएको उक्त फायल पुन: १९ गते मन्त्रिपरिषद्मा पठाइएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दुई जना रिक्त दरबन्दीका लागि सिनियरका आधारमा डा. श्रीकृष्ण श्रेष्ठ, डा. विकास देवकोटा र डा. टंक प्रसाद बाराकोटीको नाम पठाएको छ । तर, अहिलेसम्म सरकारले निर्णय लिन सकेको छैन ।

स्वास्थ्य सेवा अन्तर्गतको १२ औं तह प्रमुख विशेषज्ञ बढुवाको फायल शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा स्वास्थ्य मन्त्री भवानी प्रसाद खापुङले मन्त्रिपरिषदमा पठाएका थिए ।

प्रधानमन्त्री कार्यालयका एक जना सचिवले स्वास्थ्य लाइभसँग भने फिर्ता पठाएका फायलहरू अरु मन्त्रालयका पास भइसकेका छन्। स्वास्थ्यका पनि धेरै प्रस्ताव पास भएका छन् तर, १२ तह बढुवाको विषय थाति छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार प्रमुख विशेषज्ञ बढुवाको प्रस्ताव मन्त्रिपरिषद्मा पेश हुने विषय अन्यौल बनेको छ ।

मन्त्रिपरिषद्मा पेश गर्ने बेला प्रधानमन्त्री दाहालले केही बुझ्नु पर्ने भएकाले अहिले रोक्न निर्देशन दिएका छन् । प्रधानमन्त्रीले केही समय रोक्न भनेपछि पुन प्रधानमन्त्रीले चासो नदिँदासम्म फायल अगाडी बढाउँन मिल्दैन अर्का एक अधिकारीले भने । तीन जना मध्ये कसलाई बनाउँने भन्नेमा विभिन्न तह र तप्कामा छलफल गर्न प्रधानमन्त्रीले रोकेको अधिकारीहरू बताउँछन् ।

मुख्य सचिव प्रस्ताव राख्न चाहिरहेका छन् । तर, प्रधानमन्त्रीले केही समय रोक्नु भनेकाले फेरी कसरी अगाडी बढाउँने भन्नेमा कर्मचारी अन्यौलमा छन् । कतिपय चिकित्सकहरूले १२ तह बढुवाका लागि दुर्गमको नम्बर जोड्ने व्यवस्था वैज्ञानिक नभएको भन्दै आवाज उठाउँदै आएका छन् ।

उच्च पदमा पुग्दा योग्यता र क्षमता हेर्नुपर्ने तर, दुर्गमको नम्बरलाई आधार मान्न नहुने चिकित्सकहरूको बुझाई छ । चिकित्सकहरुको यस्ता मागले पनि प्रधानमन्त्रीलाई तत्काल निर्णय लिन सकस परेको प्रधानमन्त्री कार्यालय स्रोत बताउँछ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com