यस्ता थिए डा.ठाकुर: भुई मान्छेसँग गाडीमा तेल हाल्न लगाउने, ड्राइभरलाई खाना खाने समय नदिने


काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रवक्तामा डा. सञ्जय कुमार ठाकुर गत २५ साउनमा नियुक्त भएका थिए । क्षयरोग केन्द्रको निर्देशकबाट उनलाई तत्कालीन स्वास्थ्यमन्त्री भवानी प्रसाद खापुङले मन्त्रालयमा प्रवक्ताको जिम्मेवारी दिएका थिए ।

खापुङले स्वास्थ्य क्षेत्रलाई बुझेको र ठाकुर जस्तो इमान्दार चिकित्सक स्वास्थ्यमा नभेटेका कारण प्रवक्ता जस्तो जिम्मेवारीमा ल्याइएको बताएका थिए । तर, स्वास्थ्य क्षेत्रका विज्ञहरू भने ठाकुर जस्ता कर्मचारी स्वास्थ्य क्षेत्रमा बिरलै पाइने बताउँछन् ।

डा.ठाकुर यस्ता व्यक्ति भित्र पर्छन्, उनि जुन जुन क्षेत्रमा सरुवा भएर जान्छन् सबै ठाउँमा विवादित बन्छन् । प्रमुख विशेषज्ञ पदमा नियुक्ति हुन योग्य देखिएका ठाकुरको सोच तिलको दाना जत्तिको आकारमा पनि छैन ।

संस्थागत काममा शून्य उपलब्धी दिलाएका डाक्टर ठाकुरले व्यक्तिगत फाइदा भने हात पारेका छन् । स्वास्थ्य लाइभले ठाकुरका विषयमा गलत नियत राखेको छैन । तर, उनले गरेका काम र बारबाहीका बारेमा हामीले स्पष्ट पार्न जरुरी छ ।

अहिले ठाकुर ११ तहमा छन् । विगतमा कोशी अस्पतालमा १० औं तह हुदा सोही दर्जाका डा. दिपक सिग्देलसँग झगडा भएको थियो । त्यही बेला विराटनगरबाट ठाकुरलाई अस्पताल प्रवेशमै रोक लगाउँदै लखेटेका थिए ।

डा. ठाकुरलाई लखेटे पछि मन्त्रालयले जनकपुरको मेडिकल सुपरिटेन्डेन्टमा नियुक्त गरेको थियो । तर, त्यहाँ पनि उनलाई कर्मचारीले काम गर्न दिएनन् । बरु चिकित्सकहरुले लखेटे । जनकपुरबाट लखेटिएका ठाकुर मन्त्रालयकै शरणमा परे । केही सिप नलागेपछि मन्त्रालयले ठाकुरलाई वीर अस्पतालमा पठाएको थियो । तर, वीरमा पुनः लफडा भयो । वरिष्ठ चिकित्सक डा. मनेन गोर्खालीसँग झगडा परे पछि त्यहाँबाट पनि लखेटिए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा २५ साउनबाट हाजिर भएका डा. ठाकुरले कल्पनाभन्दा बाहिरको जिम्मेवारी पाए । तर, त्यो जिम्मेवारी इमान्दारीताका साथ पुरा गर्ने भन्दा पनि लफडा गर्ने र गराउँनेतर्फ केन्द्रित भए ।

छोटो समयमा ठाकुरले आफ्नो केही बचेको इमान पनि गुमाए । अन्तर्राष्ट्रिय समन्वय महाशाखाको जिम्मेवारी पाएका उनले कामको गति दिलाउँन सकेनन् । बरु सहपाठीहरू बिचका दुश्मनी बढाए । आफ्नै शाखाका कर्मचारीलाई काम नदिएर अन्य शाखाका कर्मचारीलाई खेताला लगाउँने काम गरे ।

मन्त्रिसँग मात्रै नजिक भएका डा. ठाकुरको सचिव, महाशाखा, प्रमुखहरू, शाखा प्रमुख, उप सचिव, अधिकृत, सुब्बा, खरिदार, कार्यालय सहयोगी, ड्राइभर कसैसँग पनि सुमधुर सम्बन्ध रहेन सकेन ।

आफूभन्दा तलका सबै कर्मचारीलाई ठाकुरले दासभन्दा माथि सोचेनन् । मन्त्रालयका एक अधिकारीले भने, ‘प्राईभेट गाडीमा तेल नहाल्दासम्म उनी कुनै पनि कार्यक्रममा फिल्ड गएनन् । व्यक्तिगत फाइदा पुग्ने भएपनि अरुलाई जान दिएनन् ।

गज्जवको कुरा त ठाकुरले भुई मान्छेसँग गाडीमा तेल हाल्न लगाउँने गरेको विषयले स्वास्थ्य क्षेत्र चर्चित छ । गत दशैमा ठाकुरको गाडी दुर्घटनामा परेको थियो । आफैले चलाएको निजी गाडी दुर्घटनामा पर्यो । उनले मन्त्रालयबाट आफ्नो ड्राइभर बोलाएका थिए । तर, टिकाको समय भएकाले काठमाडौं देखि जनकपुर ड्राइभर गएन ।

विजया दशमीको दिन ड्राइभर आफुलाई डुलाउँन नआएको भन्दै ठाकुरले कार्यालय खुलेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा लिखित उजुरी दिएका थिए ।

ड्राइभरले समेत आफुलाई नटेरेको डाक्टर ठाकुरले स्वास्थ्य लाइभलाई बताए । केही ड्राइभरलाई मन्त्रालयले करार सम्झौता भङ्ग गर्ने उदेश्यले लिखित जवाफ समेत सोधेको उनैबाट जानकारी भयो । तर, ड्राइभरले दिएको लिखित जवाफले स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीहरू हच्किए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सबै भन्दा आकर्षक महाशाखा सम्हालेका ठाकुरले ड्राइभरको व्यक्तिगत पैसाबाट प्राइभेट गाडीमा तेल हाल्न लगाउँने गरेको, घर जाँदा वा कार्यक्रममा जाँदा ड्राइभरहरुसँग तेल हाल्देउ वा बाटो खर्च देउ भन्दै ५ देखि १० हजार रुपैयाँ सम्म माग्ने गरेको पुष्टि भएको थियो । तर, उनले ड्राइभरसँग मागेको रकम कहिल्यै फिर्ता गरेनन् । ड्राइभरहरूले ठाकुरले खाना खाने समय समेत नदिएको उजुरी गरेका थिए ।

एउटा उच्च ओहदाको कर्मचारीलाई ड्राइभर र कार्यालय सहयोगीहरूले लिखित रुपमा उजुरी गरेको सम्भवत: पहिलो हो । ठाकुरले आफूसँग आवद्ध कर्मचारीलाई चरम शोषण गर्ने गरेको पाइएको छ । बिहान ७ देखि राती ९ बजेसम्म उनको सेवामा कर्मचारी खटिनु पर्छ ।

ठाकुरले जुन सुकै समयमा पनि बोलाउँने भन्दै ७ बजे बट्टामा भात बोकेर आउँन सवारी चालकलाई निर्देशन दिने गर्थे । कर्मचारीलाई खाजा र भात खाने समय समेत नदिने ठाकुरले योग्यता र क्षमता भन्दा कयौं गुणा महत्वको जिम्मेवारी सम्हाल्न पाए पनि कसैको प्यारो भन्न सकेनन् । तिनै डा.ठाकुर हाल पुन वीर अस्पताल पुगेका छन् ।

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com