ओपन आइज नेपाल र तिलगंगा प्रतिष्ठानबीच रेटिनोब्लास्टोमाबाट पीडित बालबालिकाको निःशुल्क उपचारका लागि सम्झौता


काठमाडौं । ओपन आइज नेपालले रेटिनोब्लास्टोमाबाट पीडित बालबालिकाको निःशुल्क उपचार र कृत्रिम आँखाको लागि सम्झौता गरेको छ ।

अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवसको अवसरमा ओपन आइज नेपालले बुधवार आफ्नो पहिलो वार्षिकोत्सव मनाउँदै तिलगंगा आँखा प्रतिष्ठानसँग ११ लाख बराबरको सम्झौता गरेको हो ।

कर्ण शाक्यको उपस्थितिमा आयोजित एक कार्यक्रममा ओपन आइज नेपाल र तिलगंगा प्रतिष्ठानबीच्न नेपालमा रेटिनोब्लास्टोमाबाट पीडित बालबालिकाको निःशुल्क उपचारका लागि ५ दशमलव ५ र कृत्रिम आँखा उपलब्ध गरराउन ५ दशमलव ५ लाखको सम्झौता भएको हो ।

ओपन आइज नेपालका संस्थापक अध्यक्ष डा.पूर्णिमा राजकर्णिकारले जीवनान्त डाइग्नोस्टिक सेन्टरसँग रेटिनोब्लास्टोमा बिरामीहरूको निदान प्रक्रियाको रुपमा सिटी स्क्यान र एमआरआई लाई सहयोग गर्न ३ लाखको सम्झौता हुन लागेको बताइन् ।

उनले ओपन आइज नेपालले सन् २०२२ मा रेटिनोब्लास्टोमाको उपचारका लागि उपलब्ध गराएको आर्थिक सहयोगको रुपमा तिलगंगा प्रतिष्ठानलाई १ करोड १७ लाखको चेक हस्तान्तरण गर्ने पनि जानकारी गराइन् ।

डा.राजकर्णिकारले ओपन आइज नेपालले एक वर्षको अवधिमा १३ जना बिरामीले निःशुल्क उपचार गरेको छ भने १४ बिरामीले कृत्रिम आँखा निःशुल्क पाएको जानकारी दिँदै बालबालिका र शिशुमा रेटिनोब्लास्टोमाबारे सचेतना फैलाउने काम भइरहेको पनि बताइन् ।

रेटिनोब्लास्टोमा सबै बाल्यकालको क्यान्सरको ३ प्रतिशत प्रतिनिधित्व गर्दछ र विश्वमा बाल्यकालको सबैभन्दा धेरै हुने आँखाको क्यान्सर हो ।

विश्वव्यापी प्रिभिलेन्स अनुसार १५ हजार देखि २० हजार जीवित जन्महरूमध्ये एउटा रेटिनोब्लास्टोमा हुन्छ । उपचार नगरेमा यो घातक बन्दै जान्छ ।

नेपालमा रेटिनोब्लास्टोमा यकिन तथ्याङ्क अनुसार हरेक वर्ष करिब ५० नयाँ केस फेला पर्ने देखिएको छ । तीमध्ये तिलगंगा आँखा प्रतिष्ठानको अङ्कोलोजी विभागले बर्सेनि ३५ देखि ४५ जना नयाँ बिरामी भेट्ने गरेका छन् । जसमध्ये १५ जनाको दुवै आँखामा रोग लागेको देखिएको छ ।

क्याटेगोरी : समाचार, स्वास्थ्य कर्पोरेट

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com