भरतपुर अस्पताल र कलेज अफ मेडिकल साइन्सेजबीच विवाद : अस्पतालको ढल कलेज तर्फ पठाउँदा समस्या


काठमाडौं । भरतपुर अस्पतालले आफ्नो अस्पतालबाट निस्किने ढलको पानी कलेज अफ मेडिकल साइन्सेज तर्फ पठाएपछि समस्या उत्पन्न भएको छ ।

सरकारी अस्पतालले जबर्जस्ती आफ्नो अस्पतालबाट निस्कने ढल मेडिकल कलेजको होस्टल तर्फ पठाएपछि त्यहाँ दुर्गन्ध फैलिएर समस्या भएको हो ।

कलेज तर्फ पठाएको ढलको पानी रोक्न मेडिकल कलेजले साइडमा माटोको छेकबार लगाएको छ । तर, ढलको पानी मेडिकल कलेजको प्राङ्गणमा पठाउँदा दुर्गन्धित बनेको छ ।

कलेजले ढल रोक्न आफ्नो जग्गामा १ फिटको ढिस्को उठाएको छ । तर, ढिस्को उठाएर ढल रोकेको भन्दै भरतपुर अस्पतालले उल्टै विरोध गर्दै परिपत्र गरेको छ ।

भरतपुर अस्पताल र मेडिकल कलेजबीच लामो समयदेखि विवाद हुँदै आएको छ ।

क्याटेगोरी : प्रदेश, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com