दुर्गा प्रसाईको फोटो ट्याटु खोप्ने चौधरीले किन गरे आत्मदाहको प्रयास ?


काठमाडौं । पाखुरामा मेडिकल  व्यवसायी दुर्गा प्रसाईको फोटो ट्याटु खोप्ने विजय चौधरीले किन आत्मदाहको प्रयास गरे भन्ने विषय अहिले चर्चामा छ ।

झापाको बिर्तामोडस्थित मुक्तिचोकमा आत्मदाहको प्रयास गर्ने चौधरीले पारिवारिक समस्या कारण देखाएको प्रहरीले जनाएको छ । उनले परिवारमा समस्याका कारण आफूले आत्मदाह गर्न खोजेको दाबी गरेको प्रहरीले जनाएको छ ।

 

बिर्तामोडका डिएसपी सुरज कार्कीका अनुसार आत्मदाहको प्रयास गरेका चौधरीलाई पैदलयात्रीहरुले तत्कालै बचाएका थिए ।  उनको अहिले विएण्डसी अस्पतालमा उपचार भइरहेको छ । चौधरीको शरीरको १५ प्रतिशत भाग जलेको प्रहरीको भनाइ छ ।

पाखुरामा बिएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईको फोटो ट्याटु हानेका चौधरीले शरीरमा आगो लगाएपछि उनी अहिले चर्चामा छन् । आफूलाई प्रसाईको ठूलो फ्यान भएको बताउने उनले आत्मदाहको बाटो किन रोजे यो खोजीको विषय भएको छ । बिएण्डसीका पूर्व सवारी चालक समेत रहिसकेका चौधरीले त्यति खुल्न नमानेको प्रहरीको प्रतिक्रिया छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com