नेपाल चिकित्सक संघको नयाँ कार्यसमितिलाई पदभार हस्तान्तरण (फाेटाे फिचर )


काठमाडौं । नेपाल चिकित्सक संघको नयाँ कार्यसमितिलाई पदभार हस्तान्तरण गरिएको छ ।

डा. अनिल विक्रम कार्की नेतृत्वको नयाँ कार्यसमितिलाई डा. लोचन कार्कीले पदभार हस्तान्तरण गरेका हुन् ।

विराटनगरमा आयोजित ‘अखिल नेपाल मेडिकल कन्फ्रेन्स २०२३’ कार्यक्रमकाबीच चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले नवनिर्वाचित अध्यक्ष डा. अनिल विक्रम कार्कीलाई पदभार हस्तान्तरण गरेका हुन् ।

नेपाल मेडिकल एसोसियसनका ३१ औं अध्यक्ष डा. लोचनले डा. अनिललाई इन्सिग्ना लगाएर पदभार हस्तान्तरण गरे । ३२ औं अध्यक्ष डा. अनिल र उनको कार्यसमितिका पदाधिकारी र सदस्यहरु प्रमाणपत्र समेत पाएका छन् । आजबाट डा. लोचन निवर्तमान अध्यक्ष बनेका छन् । 

 

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com