यस्तो छ २९ औं अखिल नेपाल चिकित्सा सम्मेलनको विराटनगर घोषणापत्र


काठमाडौं । विराटनगरमा आयोजित २९ औं अखिल नेपाल चिकित्सा सम्मेलन ८ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । फागुन १८ गतेदेखि २० गतेसम्म विराटनगरको विराट मेडिकल कलेज एवं शिक्षण अस्पतालमा भएको २९ औं अखिल नेपाल चिकित्सा सम्मेलन ८ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो ।

भारतीय चिकित्सक संघ सँगको सहकार्यमा नयाँ प्रविधि र सीप भित्र्याउनेदेखि हेल्थ जर्नालिजम तालिम गर्नेसम्मका विषय घोषणापत्रमा समेटिएका छन् ।

मेडिकल टुरिजम र मेडिकल एजुकेसन टुरिजमको सम्भावनका क्षेत्रमा सरकारसँग सहकार्य गरेर मुद्रा आर्जन गर्ने पनि घोषणापत्र समेटिएको छ ।

निजामती सेवालाई स्वास्थ्य सेवामा गाभ्ने विषयमा समेत सम्मेलनले सरकारको ध्यानाकर्षण गराएको छ । चिकित्सा सेवा आयोग गठन गर्नेदेखि कोशी प्रदेशमा मेडिकल म्युजियम बनाउने कुरा ८ बुँदे घोषणापत्रमा उल्लेख छ ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ