डा. भोला रिजालदेखि डा. सुधा शर्मासम्म सम्मानित


काठमाडौं । नेपाल चिकित्सक संघले डा. भोला रिजालदेखि सुधा शर्मासम्म सम्मान गरेको छ । विराटनगरमा आयोजित २९ औं ‘अखिल नेपाल चिकित्सा सम्मेलन, २०२३’ को अवसरका नेपाल चिकित्सक संघले उनीहरूलाई सम्मान तथा अवार्ड प्रदान गरेको हो ।

नेपाल चिकित्सक संघले डा. भोला रिजाललाई रुपा चिकित्सक  सेवा अवार्डबाट सम्मान गरेको हो ।  नेपालको स्वास्थ्य क्षेत्रमा स्त्री तथा प्रसूति रोग विशेषज्ञका रुपमा अतुलनीय योगदान पुर्‍याएको भन्दै डा.  रिजाललाई एक लाख रुपैयाँ राशीको पुरस्कारसहित सम्मान गरेको हो ।

उक्त अवार्ड पाउने अर्की व्यक्ति हरिसिद्दी अस्पतालकी म्ट्रोन लहरमाया महर्जन हुन् । उनलाई २५ हजार राशीसहितको नर्सिङ तर्फको रुपा अवार्ड प्रदान गरिएको छ ।

सज्जन श्याम ट्रष्ट २०७९ बाट वेष्ट डाक्टर अवार्ड डा . तारा मानन्धरले पाएका छन् । उनलाई एक लाख राशीको उक्त अवार्डसहित चिकित्सक संघले सम्मान गरेको हो । नेपाल चिकित्सक संघका अनुसार डा. नेपालको पहिलो रेडियसन अन्कोलोजिष्ट हुन् ।

लाइफ टाइम अचिभमेन्ट अवार्ड संघका वरिष्ठ सदस्य डा. गौरीशंकरलाल दासलाई प्रदान गरिएको छ । ९९ वर्षिय डा. दासलाई संघले उक्त अवार्डसहित सम्मान गरेको हो ।

नेपाल चिकित्सक संघका पूर्व अध्यक्षहरुमध्येबाट डा. विजय कुमार शर्मा तथा डा. सुधा शर्मालई सम्मान गरिएको छ । डा. विजय र डा. सुधा चिकित्सक संघबाट एकैपटक सम्मानित हुने भाग्यमानी जोडी बनेका छन् ।

नेपाल चिकित्सक संघको कोशी शाखाले डा. आरपी बिच्छालाई सम्मान गरेको छ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षासम्बन्धी ऐन पहिलो (संशोधन),२०७९लाई ल्याउन महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै डा. बिच्छालाई संघको कोशी शाखाले सम्मान गरेको हो ।

उक्त कानुन ल्याउदा डा. बिच्छा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको स्वास्थ्य सल्लाहकारको भूमिका रहेका थिए ।

क्याटेगोरी : समाचार
ट्याग : ## डा. आरपी बिच्छा, #डा. विजय शर्मा सुधा सर्मा, #डा.भोला रिजाल

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com