महिलाहरूमा हुने क्यान्सर रोक्न शनिवार वृहत्त छलफल हुने


अमेरिका । महिलाहरूमा बढ्दो क्यान्सरलाई कसरी रोक्न सकिन्छ भन्ने विषयमा वृहत्त छलफल हुने भएको छ । मार्च ११ अर्थात् आगामी शनिवार साँझ ५ बजे महिलाहरूमा क्यान्सर, रोकथाम तथा उपचारबारेमा वृहत्त छलफल हुने भएको हो ।

उक्त कार्यक्रमको आयोजना विश्व स्वास्थ्य समिति एनआरएनएले गरेको हो । यसको नेतृत्व एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. सन्जिब सापकोटाले गरेका छन् ।

डा. सापकोटाका अनुसार क्यान्सरको अवस्था भयावह भएकाले यसलाई केही हदसम्म न्यूनीकरण गर्न सकिन्छ की भन्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा नेपालबाट वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाही, स्तन तथा थाइरोइड सर्जन डा. सुजिता हिराचन, पोल्याण्डबाट वरिष्ठ शल्यचिकित्सक डा. बोधराज सुवेदी, नेपालबाट वरिष्ठ क्यान्सर विशेषज्ञ डा.प्रकाश न्यौपाने, पोल्याण्डबाट डा. अलिनी पोखरेल सुवेदी, साउदी अरबबाट श्री यामीन सैयद, अमेरिकाबाट रविना थापा, अमेरिकाबाट डा. सञ्जीव सापकोटाको सहभागीता हुनेछ ।

कार्यक्रमको सहजिकरण जापानबाट डाक्टर एलिजा केसी भण्डारी र नेपालबाट समृद्धि सुवेदीले गर्नेछन् ।

एनआरएनएको अध्यक्षमा रविना थापा आएसँगै यस्ता कार्यक्रमले बढी प्रार्थमिकता पाउँन थालेका छन् । महिलाको स्वास्थ्यका क्षेत्रमा थापा अध्यक्ष भएपछि बढी काम भएको विज्ञहरु बताउँछन् । उनि पछिल्लो सयम स्वास्थ्य क्षेत्रमा सक्रिय रुपमा लागि परेकी छन् ।

नेपालमा क्यान्सर रोगका बिरामी प्रति दिन बढ्दो क्रममा छन् । नेपालमा करिब ५० हजारभन्दा बढी क्यान्सरका बिरामी छन् ।

नेपालमा क्यान्सरका रोगी कति छन् र बर्सेनि कतिको मृत्यु हुन्छ भन्ने आधिकारिक तथ्याङ्क नभएपनि विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क मान्ने हो भने वार्षिक ३० देखि ३५ हजार नयाँ बिरामी देखा पर्छन् ।

फोक्सो, पाठेघरको मुख, स्तन, लिम्फग्रन्थी, पेटको, रगत, घाँटीको, मस्तिष्क, दिसा गर्ने नली र छालाको क्यान्सर प्रमुख रुपमा पाइएको छ ।

ग्लोबो क्यान सन् २०२० को तथ्याङ्क अनुसार प्रतिदिन क्यान्सरका कारण देशमा ४० जनाको मृत्यु हुने गरेको छ । जसमा महिलामा हुने पाठेघरको मुखको क्यान्सरबाट दिनमा ६ जनाको मृत्यु हुने गरेको क्यान्सर रोग विज्ञ डा.अरुण शाही बताउँछन् । उनका अनुसार स्तन क्यान्सरबाट दिनमा ३ जनाको मृत्यु हुने गरेको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ