मार्क इन्टरनेशनल किडनी सेन्टरको २ दिने निःशुल्क मिर्गौला परीक्षण आजदेखि


काठमाडौं । मार्क इन्टरनेशनल किडनी सेन्टरले आजदेखि २ दिने निःशुल्क मिर्गौला परीक्षण गर्ने भएको छ ।

विश्व मिर्गौला दिवसको अवसरमा सेन्टरले बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मिर्गौला परीक्षण गर्ने समय तोकेको छ ।

सेन्टरको कार्यालय सरकारी धारा चोक, लाजिम्पाटमा सेवा लिन चाहने व्यक्तिले निःशुल्क मिर्गौला परीक्षण गराउन सक्ने बताएको छ ।

यस्तै सेन्टरले पर्सि २७ गते निःशुल्क वृहत्त स्वास्थ्य परीक्षण एवं रक्तदान कार्यक्रमको पनि आयोजना गर्ने भएको छ ।

नक्सालस्थित नारायण चौरमा बिहान ८ बजेदेखि अपरान्ह २ बजेसम्म कार्यक्रम हुनेछ ।

यसअघि बिहीवार विश्व मिर्गौला दिवसको अवसरमा सेन्टरले वाक ओ थनको आयोजना गरेको थियो ।

क्याटेगोरी : समाचार, स्वास्थ्य कर्पोरेट

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com