अर्बपति चौधरीको धनी हुने सूत्र, आफ्नो कमाइले व्यवसाय, चन्दा मागेर सेवा !


काठमाडौं । हालसम्म नेपालका एक मात्र डलर अर्बपति भनेर चर्चा हुनेमध्येका एक जना पात्र हुन् विनोद चौधरी । उनी हाल नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधिसभाको सांसदमा निर्वाचित छन् । आफ्नो व्यापार व्यवसायबाट दैनिक करोडौं कमाउँने चौधरी सेवाका नाममा माग्दै हिँडेको पाइएको छ ।

विभिन्न सञ्चार माध्यमका अनुसार विश्वका धनी अर्थात् डलर अर्बपतिहरूको सूचीमा चौधरीको पनि नाम आउँने गरेको छ । उनको सम्पत्ति बढेर १९२९ औँ नम्बरमा परेको बताइन्छ । प्राप्त समाचारहरू अनुसार चौधरीको कुल सम्पत्ति डेढ अर्ब डलर रहेको छ ।

चौधरीको मुख्यगरी सिजी कर्पोरेट ग्लोबल, नबिल बैंक, सिजी फुड्समा लगानी रहेको छ । सिजी फुड्स अन्तर्गत वाइवाइ चाउचाउको उत्पादन नेपाल, भारत, सर्बिया र बंगलादेशमा पनि हुन्छ । चौधरीको सिजी होटलमा पनि लगानी रहेको बताइएको छ । उनको भारतको ताज होटल चेनमा समेत उनको लगानी छ । इजिप्टमा भने नयाँ निर्माण भइरहेको जनाएको छ । यस्ता अन्य देशमा पनि उनले व्यवसायमा लगानी गर्दैछन् ।

अर्बपति चौधरीको धनि हुने सुत्र गज्जवको छ । उनी आफ्नो जतिपनि कमाइले व्यवसाय थप्दै जान्छन् । तर, चन्दा मागेर जनताको सेवामा लाग्छन् ।

पछिल्लो स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा उनले मागेको बजेटले उनको नियतिमाथि प्रश्न उब्जिएको छ । निजी क्षेत्रले गरेको लगानीबाट प्राप्त नाफाको केही रकम सामाजिक सेवामा लगाउँनु पर्छ ।

स्वास्थ्य मन्त्रालयका अधिकारीहरू भन्छन्,’चौधरीले नियम अनुसार आफ्नो कमाइको केही प्रतिशत मात्रै सामाजिक क्षेत्रमा खर्च गर्दा अरवौं रुपैयाँ हुन जान्छ । तर, उनी राज्यलाई छलेर व्यवसायमै लागाउँछन् र राज्यसँग चन्दा मागेर सेवामा लाग्छन् ।’,

विनोध चौधरीले आफ्नो लेटर हेड नै पाडे कागजमा छपाएका छन् । जुन निकै महँगो पर्छ । त्यही महँगो कागजमा उनले स्वास्थ्य मन्त्रालयसँग आफ्नो निर्वाचन क्षेत्र नवलपरासी १ मा विशेष अस्पताल निमार्ण गर्ने भन्दै ५० करोड रुपैयाँ मागेका छन् । उनको यो पत्रले ‘गर्नेलाईभन्दा देख्नेलाई लाज’ भन्ने नेपाली उखान जस्तै भएको छ ।  उनको हर्कत देखेर स्वास्थ्यका कर्मचारी लाजले भुतुक्कै भएका छन् ।

चौधरीले आयोजनाको संक्षिप्त विवरण यसरी दिएका छन् । विशेष सेवा अस्पताल निर्माण गर्ने । यसको स्वमित्व बर्दघाट नगरपालिकामा रहने छ । मुख्य उदेश्य भनेको बर्दघाट नगरपालिकाले सम्भाव्यताको आधारमा चौपत्तामा विशेष सेवा प्रदान गर्ने रिफरल अस्पताल स्थापना र विकास गर्नेछ । उनले अस्पतालको अनुमानीत लागत ५० करोड (तत्काल पहिचान भएका परियोजनाको पूर्वाधार तथा कार्यक्रमका लागि) भनेका छन् ।

अब चन्दा माग्ने चौधरीको सम्पति हेरौं
चौधरीको सन् २०१३ मा एक बिलियन डलर सम्पत्ति थियो । उक्त सम्पत्ति बढेर सन् २०१४ मा १.१ बिलियन डलर पुग्यो । त्यस्तै २०१५ मा १.३ बिलियन डलर पुग्यो । तर २०१६ मा घटेर पुन १.१ बिलियन डलरमा झरेका थिए ।

सन् २०१७ मा भने चौधरीको सम्पत्ति १.३ बिलियन डलर नै पुग्यो । त्यसैगरी सन् २०१८ मा १.५ बिलियन डलर पुगेको थियो । २०१९ मा १.७ बिलियन डलर पुग्यो ।

कोभिड–१९ का कारण सन् २०२० मा भने चौधरीको सम्पत्ति १.४ बिलियन डलरमा झरेको थियो । यो समयमा नेपालमा मात्र नभई विश्व नै कोभिडका कारण धर्मराएको थियो । त्यस्तै सन् २०२१ चौधरीको सम्पत्ति पुन बढेर १.५ बिलियन डलर पुगेको छ ।

क्याटेगोरी : समाचार
ट्याग : ##विनाेध चाैधरीले मागे ५० करोड, #डलर अर्बपति, #विनोद चौधरी

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com