डा. फिरोज अन्सारीसहित ६ जनामाथि अभद्र व्यवहारमा मुद्दा

बसरुद्दिन अन्सारीको चलखेलमा सुटुक्क धरौटीमा रिहा


काठमाडौं । युवती र प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा डा. फिरोज अन्सारीसहित ६ जनामाथि अभद्र व्यवहार मुद्दा दायर गरिएको छ । पर्सा प्रहरीका अनुसार नेसनल मेडिकल कलेज विरगञ्जका प्रबन्धक निर्देशक बसरुद्दिन अन्सारीका छोरा जहाँगिर अन्सारी, भतिजा डा. फिरोजसहित ६ जनामाथि अभद्र व्यवहारमा मुद्दा चलाइएको हो ।

नेसनल मेडिकल कलेजमा एमबीबीएस पढ्दै गरेका बसरुद्दिनका भतिज तारीख अन्सारी समेत अभद्र मुद्दामा परेका छन् । युवतीमाथि दुर्व्यवहार  गरेपछि पक्राउ परेका उनीहरूले प्रहरीमाथि समेत दुर्व्यवहार गरेका थिए । तर, दुर्व्यवहारमा परेकी युवती र परिवारलाई दबाबमा उजुरी दिन अन्सारी परिवारले रोकेपछि प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा मुद्दा दायर गरिएको हो ।

जहाँगिर अन्सारी

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी दीपक गिरीका अनुसार ३२ वर्षीय फिरोज अन्सारी, ३१ वर्षीय अल्फाज  अन्सारी, २७ वर्षीय तारीख अन्सारी, २५ वर्षीय जहाँगिर अन्सारी, २४ वर्षीय आशीष साह र आदित्य गिरीमाथि अभद्र व्यवहारमा मुद्दा चलाएको हो । उनीहरू आइतबार नै जनही १०-१० हजार रुपैयाँ धरौटीमा रिहा भइसकेको डिएसपी गिरीले स्वास्थ्य लाइभलाई जानकारी दिए ।

डा. फिरोज अन्सारी

प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेका डा. फिरोज अन्सारीसहितका युवाहरु युवतीमाथि जाइलागेका थिए । ती युवतीलाई जोगाउन जाँदा डा. अन्सारीको टोलीले प्रहरीमाथि समेत अभद्र व्यवहार गरेका हुन् ।  पावर र पैसाको बलमा उनीहरूलाई १० हजार धरौटी लिएर छाडिएको गम्भीर आरोप लागेको छ । फिरोज इएनटीका डाक्टर हुन् । उनी पाकिस्तानमा पढेर नेपाल आएका हुन् ।

तारीख अन्सारी

नेसनल मेडिकल कलेजको प्रबन्ध बसरुद्दिनका छोरा जहाँगिर जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा कार्यरत छन् । उनी वीरगञ्ज पुगेर युवती र प्रहरीमाथि अभद्र व्यवहार गर्न भ्याएका हुन् । नेपाल मेडिकल कलेज समेत बसरुद्दिनले किनेका छन् । आफ्नै छोरा र भतिज युवतीमाथि दुर्व्यवहार गरेको आरोपमा फस्ने भएपछि बसरूद्दिनले जिल्ला प्रशासन कार्यालयमा गएर चलखेल गरेको चर्चा हुन थालेको छ । बसरुद्दिन प्रहरीमै मुद्दा मिलाउन भने असफल भएका छन् ।

यता चिकित्सक नै सार्वजनिक स्थलमा युवतीमाथि जाइलाग्नु र प्रहरीमाथि अभद्र व्यवहारमा संलग्न भएपछि आलोचना भएको हो ।

क्याटेगोरी : समाचार
ट्याग : #जहाँगिर अन्सारीसहि, #डा. फिरोज अन्सारी, #बन्धक निर्देशक बसरुद्दिन अन्सारी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com