विश्व मुख स्वास्थ्य दिवस

दाँत र मुख स्वास्थ्यका बारेमा भएका केही तथ्यहरूबारे जानौं…


काठमाडौं । आज विश्व मुख स्वास्थ्य दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । मुख स्वास्थ्यसँग सम्बन्धित जनचेतनासहित यो दिवस मनाउने गरिन्छ ।

वर्ल्ड डेन्टल फेडरेसनको सन् २०२२ का अनुसार फ्लोराइडयुक्त टुथपेस्टले दिनमा दुईपटक दाँतको ब्रस गर्नाले गिँजा र दाँतलाई बचाउन धेरै मद्दत गर्छ ।

दाँत र मुख स्वास्थ्यका बारेमा केही तथ्यहरू :
मुख स्वास्थ्य राम्रो भएमा व्यक्तिको आत्मविश्वास र व्यक्तित्वमा निखार ल्याउँछ ।

फ्लोराइडयुक्त टुथपेस्टले दाँत ब्रस गरेमा २ मिनेटमा ९५ प्रतिशत मुखको व्याक्टेरिया हट्नेछ ।

अन्तर्राष्ट्रिय दृश्यमा ४ हजार जनसङ्ख्या बराबर १ जना दन्त चिकित्सकलाई प्रभावकारी मानिन्छ ।

संसारको ९० प्रतिशत जनसङ्ख्याको आफ्नो जीवनमा कुनै एकपटक दाँत किराले खाने, गिँजाको समस्या एवं मुखको क्यान्सरको समस्याबाट पीडित हुनसक्ने एफडिआई (वर्ल्ड डेन्टल फेडेरेशन)ले हालै प्रकाशित गरेको तथ्यांकमा उल्लेख छ ।

एफडिआईको तथ्याङ्क अनुसार हाल विश्वमा १० लाखभन्दा बढी दन्त चिकित्सक रहेका छन् र ६० प्रतिशत जनसङ्ख्याले मात्र मुख तथा दन्त चिकित्साको सुविधा उपभोग गर्न पाएका छन् ।

६०—९० प्रतिशत बालबालिकाहरूमा दाँत किराले खाने समस्या छ । प्रति १ लाख जनसङ्ख्यामा १ देखि १० जनालाई मुखको क्यान्सरको समस्या हुने गर्छ ।

यो क्यान्सरको आठौं स्थानमा पर्छ र उपचारमा निकै खर्चिलो छ । मुखको क्यान्सर सुर्ति तथा सुर्तिजन्य पदार्थ र अल्कोहल सेवन गर्नेहरुमा १५ प्रतिशतले उच्च जोखिममा रहेको देखाएको छ ।

विकसित मुलुकहरूमा मुख तथा दन्त उपचारमा कुल स्वास्थ्य बजेटको ५—१० प्रतिशत खर्च हुने गर्छ ।

दाँत दुख्ने कारण बालबालिकाहरू विद्यालयमा गयल हुने सङ्ख्या पनि अत्यधिक छ र यसले अभिभावकहरु पनि राम्रो सुत्न नपाउने र काम काजमा अवरोध सिर्जना हुने गरेको छ ।

धेरै गुलियो चिजको सेवन गर्नाले दाँत किराले खाने र मधुमेहको समस्या हुने क्रम उच्च छ ।

डरका कारण कतिपय सर्वसाधारणले दन्त चिकित्साको सुविधा नलिने गरेको अमेरिकन अनुसन्धानले देखाएको छ ।

 

स्रोतः नेपाल डेन्टल एसोसिएसन

क्याटेगोरी : जीवनशैली, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com