निजामती कर्मचारी अस्पतालको लागि गरिएको स्थायी पदपूर्ति सम्बन्धी विज्ञापनप्रति एनएमएको ध्यानाकर्षण


काठमाडौं । नेपाल चिकित्सक सङ्घले निजामती कर्मचारी अस्पतालको लागि आह्वान गरिएको स्थायी पदपूर्ति सम्बन्धी विज्ञापनप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

स्वास्थ्य सेवा ऐन २०५३ र कार्यविधि २०५५ को दफा ८ को उपदफा (१) को खण्ड (च) र (छ) बमोजिम खुल्ला प्रतियोगिताद्वारा पूर्ति गरिने पदका लागि अनुसूची–६ मा उल्लेखित MD/MS/MDS पश्चातका चिकित्सकहरूलाई ९ औं र ११ औं तह हुने नियमलाई लत्याइएको सङ्घको भनाइ छ ।विगत लामो समयदेखि स्थायी, अस्थायी करार, र ज्यालादारीमा कार्यरत चिकित्सकहरूको स्थायित्वमा असर पर्ने गरी छापिएको विज्ञापनमा, MD/MS/MDS चिकित्सकहरूलाई तहगत रुपमा घटुवा गरेर आठौँ तहमा भर्ना खोल्ने प्रचलित कानुन विपरित भएको पनि सङ्घका महासचिव डा.संजिव तिवारीद्वारा जारी विज्ञप्तिमा ठहर गरिएको छ ।

विगत लामो समयदेखि निजामती कर्मचारी अस्पतालमा कार्यरत करार र ज्यालादारीका चिकित्सकहरूलाई उचित व्यवस्थापन गर्न नखोजी खुल्ला स्तरमा विज्ञापन गरिएकोमा सङ्घले  आपत्ति जनाएको छ ।

अस्पतालले विभिन्न समयमा गरेको सम्झौता र निजामती अस्पताल (कर्मचारीहरूको सेवाका सर्त र सुविधा) बिनियमावलीको समेत विपरित विज्ञापन गरिएकोले अबिलम्ब खारेज गरी त्यहाँ कार्यरत सबै स्वस्थ्यकर्मीहरूलाई स्वतः स्थ्यायी गर्न पनि सङ्घले सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com