न्याम्सकाे निमित्त उपकुलपतिबाट आउट भए डा. थापा


काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को निमित्त उपकुलपतिका लागि भिडेका डाक्टर दिपक थापा आउट भएका छन् ।

निरन्तर स्वास्थ्य लाइभले उनकाे विषयमा समाचार प्रकाशित गरेकाे थियाे ।

‘माओवादीकाे नाम बेचेर भिसि पड्काउने दाउँमा डा. थापा’ शिर्षकमा स्वास्थ्य लाइभले समाचार लेखेकाे थियाे । एमालेसँग आवद्ध थापा माओवादीको कुनैपनि सङ्गठनमा थिएनन् । बालुवाटार स्रोतले बताए अनुसार समाचार प्रकाशित भएपछि उनलाई निमित्त भिसिमा लैजान राेक्नुपर्ने नैतिक सङ्कट परेकाे हाे ।

आइतवार बालुवाटारले स्वास्थ्य मन्त्रालयलाई थापाकाे नाममा निमित्त भिसिकाे नियुक्तिकाे फायल ल्याउन दबाब दिएकाे थियाे । थापा माओवादी सङ्गठनमा नभएको भन्दै पार्टी निकट स्वास्थ्यकर्मीहरूले समेत विरोध गर्दै आएका थिए ।

साेमवार तत्कालका लागि राेक्न निर्देश भएकाे छ । “प्रधानमन्त्रीले स्वास्थ्यमा केही राम्रो गर्ने बताउँनुभएकाे थियाे,’ बालुवाटार स्रोत भन्छ,” “सार्वजनिक रुपमा प्रश्न उठेपछि उहाँलाई हतारमा नियुक्ति गर्नुले राम्रो सन्देश जाँदैन ।”

तत्कालीन उपकुलपति प्राध्यापक डाक्टर डिएन शाहको चार वर्षे कार्यकाल सकिए पछि अहिले न्याम्समा उपकुलपति पद रिक्त छ । उपकुलपति प्राडा शाहको चार वर्षे कार्यकाल फागुन ३० गते सकिएसँगै नयाँ उपकुलपतिका लागि दौडधुप सुरु भएको हाे ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com