अस्पताल अनुगमन गर्न हेलिकप्टर चार्टर्ड


काठमाडौं । नेपालकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई एनजीओ, आईएनजिओले कसरी प्रभाव पार्छन् र आफू अनुकूल काम गराउँछन् भन्ने प्रमाण मंगलबारकाे एउटा घटनाले स्पष्ट हुन्छ ।

निक साइमन नामक एक आईएनजीओले बर्दिबासकाे एउटा अस्पताल अनुगमन गर्न स्वास्थ्य मन्त्रालयकाे एक टुकुडी लिएर हेलिकप्टरमा गएकाे छ । देश आर्थिक मन्दिमा भएकाे राज्यको प्रतिक्रियालाई निक साइमन र स्वास्थ्य मन्त्रालयका अधिकारीले फेरि एकपटक ‘फूली’ लगाइ दिएका छन् ।

अर्थतन्त्र धरासायी भएकाे भन्दै स्वास्थ्यले पाउने बजेटकाे ३० प्रतिशत कटाैती भएकाे छ । तर, उक्त बजेट कटाैतीले स्वास्थ्यलाई खासै फरक पारेकाे छैन । यसरी आईएनजिओले हेलिकप्टर नै चार्टर्ड गरेर उडाउँछन् ।

बर्दिबास नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्रीले बताए अनुसार निक साइमनकाे आयाेजनामा बर्दिबास अस्पतालकाे अनुगमन भएको छ । उक्त अनुगमनका लागि स्वास्थ्य मन्त्रालयकाे एक टुकुडी हेलिकप्टर चार्टर्ड गरेर बर्दिबास आएकाे छ ।

यस्ता एनजिओ, आईएनजीओले आफ्नाे संस्थाकाे ठूलाे मान्छे आउँदा सरकारी अधिकारीकाे चरम दुरुपयोग गर्दै आएका छन् । उक्त दुरुपयोगमा सहभागी हुने नहुने भन्ने निर्णय सम्बन्धित सरकारी अधिकारी कै हाे । स्वास्थ्यका अधिकारीहरु भन्छन्, ‘आईएनजिओकाे गाेटी बनेर स्वास्थ्य क्षेत्र उभाे लाग्दैन ।’,

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com