केसिसिएस क्लिनिक हुँदै जाने बाटो वर्षैपिच्छे ‘पिच’, यस्तो छ हालत 


काठमाडौं । काठमाडौं महानगरपालिका वडा २९ क्लिनिक अफ कस्मेटिक सर्जरी (केसिसिएस) हुँदै जाने बाटो वर्षैपिच्छे कालोपत्रे (पिच) हुँदै आएको छ । तर, एक वर्ष नपुग्दै ५० प्रतिशतभन्दा बढी कालोपत्रे बिग्रिएको छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर २९ ले उपभोक्ता समिति मार्फत बनाएको अनामनगर बाजेको सेकुवा, केसिसिएस क्लिनिक, सामाजिक विकास चोक हुँदै धोबीखोला करिडोर निस्कने बाटोको हालत दर्दनाक छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर २९ ले आर्थिक वर्ष दुई आर्थिक वर्षमा लगातार उक्त बाटो कालोपत्रे गरेको हो । तर, यो वर्ष पनि उक्त बाटो फेरि कालोपत्रे गर्नु पर्ने अवस्था आएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर २९ को अनामनगर, घट्टेकुलो क्षेत्रको भित्री बाटो नराम्रोसँग बिग्रिएको छ । वर्षैपिच्छे ‘पिच’ गरेको उक्त बाटो गुणस्तरहीन हुँदा जनताले सास्ती पाएका छन् । फेरि पनि उक्त बाटो उपभोक्ता समितिमार्फत कालोपत्रे गर्ने तयारी भइरहेको छ ।

काठमाडौं महानगरपालिकाले वर्षैपिच्छे गुणस्तरहीन ‘पिच’ गराएर राज्यकोषको दुरुपयोग गर्दा जनताले अनावश्यक दुःख पाएका छन् । एउटै बाटो बिना कारण वर्षैपिच्छे गुणस्तरहीन ‘पिच’ हुँदा कसैले चासो देखाएका छैनन् ।

खानेपानी, विद्युत प्राधिकरण कुनै निकायले पनि नबिगारेको उक्त बाटो आफैं बिग्रिएको हो । यो बिषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तत्काल छानबिन गर्न आवश्यक छ । राज्यकोषको दुरुपयोग भएको विषयमा अख्तियारले चासो देखाउन जरुरी छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com