मितिनी नेपालद्वारा लिङ्ग, लैङ्गिकता र स्वास्थ्य सेवासम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न


काठमाडौं । मितिनी नेपालले “सेक्स, जेन्डर र सेक्सुअलिटी हेल्थकेयर प्रोभाइडर्स” सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

काठमाडौंको पुरानो बानेश्वर स्थित फ्रन्टलाईन अस्पतालमा आयोजित अभिमुखिकरण कार्यक्रममा “सेक्स, जेन्डर र सेक्सुअलिटी हेल्थकेयर प्रोभाइडर्स” बारे छलफल भएको थियो ।

वाईडब्लूएल लिडर नीलम पौडेलले यङ्ग वुमन लिडर परियोजना र अभिमुखिकरण कार्यक्रमको उद्धेश्य माथि प्रकाश पारिन् ।

मितिनी नेपालकी बाग्मती प्रदेश संयोजक तथा वाईडब्लूएल सदस्य स्वस्तिका नेपालीले मितिनी नेपालको परिचय, उद्धेश्य, मितिनी नेपालले गर्दै आएका कार्यक्रमहरू र उपलब्धी बारे जानकारी गराइन् ।

मितिनी नेपालकी सामाजिक परिचालक जेशिका गौतमले समुदाय माथि अस्पतालले गर्नसक्ने विभेद सम्बन्धमा कथा साझेदार गरेकी थिइन् ।

कार्यक्रममा अस्पतालका प्रमुख कार्यकारी अधिकृत सुरेश कुमार मनोहरनले समुदायको मुद्दाप्रति सकारात्मक भएको र समुदायलाई लैङ्गिक मैत्री सेवा तथा सुविधा प्रदान गर्न आफूहरू तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा अस्पतालमा कार्यरत डाक्टर, नर्स, स्वास्थ्यकर्मी लगायत मितिनी नेपालका प्रतिनिधिहरू गरी ४९ जनाको उपस्थिति रहेको थियो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com