२ दशमलव २ प्रतिशत व्यक्ति अपाङ्गता


काठमाडौं । नेपालको कुल जसङ्ख्याको २ दशमलव २ प्रतिशत व्यक्तिहरूमा कुनै न कुनै प्रकारको अपाङ्गता रहेको पाइएको छ । जुन १० वर्ष अघको तुलनामा .२६ प्रतिशतले बढी हो । यस अघि २०६८ सालको जनगणनामा नेपालमा अपाङ्गता भएका व्यक्तिहरूको सङ्ख्या कुल जनसङ्ख्याको १ दशमलव ९४ प्रतिशत रहेको थियो।

राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालको कुल जनसङ्ख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेकामा ६ लाख ४१ हजार ६ सय २०   अर्थात् २ दशमलव २ प्रतिशतमा कुनै न कुनै प्रकारको अपाङ्गता देखिएको छ ।

जसमा जम्मा पुरुष जनसङ्ख्याको २ दशमलव ५ प्रतिशत र महिला जनसङ्ख्याको २ दशमलव ० प्रतिशतमा अपाङ्गता रहेको छ । अपाङ्गता भएका व्यक्ति मध्ये पुरुष ५४ दशमलव २ प्रतिशत र महिला ४५ दशमलव ८ प्रतिशत रहेका छन् ।

अपाङ्गता भएका व्यक्तिमध्ये सबैभन्दा धेरैमा शारीरिक अपाङ्गता ३७ दशमलव १ प्रतिशत रहेको छ । जबकी १९ दशमलव २ प्रतिशतमा न्यून दृष्टियुक्त अपाङ्गता रहेको छ । यस्तै, ८ दशमलव ९ प्रतिशतमा बहुअपाङ्गता, ८ दशमलव ० प्रतिशतमा सुस्तश्रवण, ६ दशमलव ४ प्रतिशतमा स्वर बोलाइसम्बन्धी अपाङ्गता रहेको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com