स्वास्थ्य प्रयोजनसहितका संरचनामा अख्तियारको थप चासो


काठमाडौं । स्वास्थ्य प्रयोजन पूर्वमन्त्री भद्र घलेले हडपेको ११ रोपनी जग्गामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले थप चासो दिएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १० धोबीखोला करिडोर देवीनगरस्थित पूर्वमन्त्री घलेले हडपेको ११ रोपनी सरकारी जग्गाको विषयमा अख्तियारले थप चासो देखाएको हो ।

काठमाडौं महानगरपालिका वडा नम्बर १० सँग अख्तियारले उक्त जग्गाको विषयमा पटकपटक पत्राचार गरेको थियो । अख्तियारको पत्रलाई वडा कार्यालयले गुपचुप बनाएको छ । यो विषयमा स्वास्थ्य लाइभले खुलासा गरेपछि अख्तियार थप आक्रामक भएको हो ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहका स्वकीय सचिव भुपदेव शाहले भद्र घलेले हडपेको संरचनामा डोजर लगाउने तयारी भइरहेको स्वास्थ्य लाइभलाई बताएका थिए । तर, अहिलेसम्म उक्त अवैध संरचनामा डोजर चल्यो न त वडा कार्यालयले अख्तियारलाई जवाफ नै दियो ।

वडा कार्यालयले भद्र घलेको विषयमा मात्र होइन भूमाफिया इन्द्रकुमार  चाम्लिङ, हेमराज घिसिङलगायतले हडपेको सकारी जग्गाको विषयमा समेत अख्तियारलाई जवाफ दिएको छैन । यो विषयलाई गम्भीरतापूर्वक लिएको अख्तियारका एक उच्च अधिकारीले स्वास्थ्य लाइभलाई बताए । वडा कार्यालयले अख्तियारको पत्रलाई एकपछि अर्को गरेर बेवास्ता गर्न थालेपछि अख्तियार आक्रामक बन्न थालेको हो ।

 

क्याटेगोरी : समाचार
ट्याग : ## अख्तियार दुरुपयोग अनुसन्धान आयोग, #इन्द्रकुमार चाम्लिङ, #काठमाडौं महानगरपालिका, #भद्र कुमारी घले

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com