फेरि घट्याे स्वास्थ्यकाे बजेट


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ४४ अर्ब ४५ करोड रुपैयाँको बजेट सिलिङ पाएको थियाे ।  राष्ट्रिय योजना आयोगले स्वास्थ्यलाई ४४ अर्ब ४५ करोड ७१ लाखभित्र रहेर कार्यक्रमहरु बनाउन बजेटको सीमा तोकेको हो। उक्त सिमाभित्र रहेर स्वास्थ्यले आफू मातहत रहेका संघिय अस्पतालहरुलाइ सिलिङ ताेकेकाे मात्रै थिएन छलफल अगाडि बढाएको थियाे ।

देश आर्थिक रुपले अत्यन्तै कठिन अवस्थामा पुगेकाे बताउदै स्वास्थ्यलाई पठाएकाे बजेट सिलिङ पुन परिमार्जन भएकाे छ । आईतवार स्वास्थ्यलाई ३ अर्ब घटाएर ४१ अर्बकाे बजेट सिलिङ पठाएकाे छ । यसबाट पनि अझै घट्न सक्ने देखिएकाे छ ।

हुनत स्वास्थ्यमा हरेक वर्ष ३ अर्ब बजेट खेर गइरहेकाे छ । यसलाई कभर गर्न पनि कम गरिएकाे हुन सक्छ । स्वास्थ्यले १० प्रतिशत बजेट माग गरेपनि दिएकाे रकमकाे सहि सदुपयोग गर्न सकेकाे छैन । अन्तर्राष्ट्रिय क्षेत्रमा बजेट खर्च गर्न नसक्नुलाई राम्रो मानिदैन । जति धेरै खर्च भयाे उति राम्रो हाे ।

चालु आर्थिक वर्षमा स्वास्थ्य मन्त्रालयले ६९ अर्ब ३८ करोड २ लाख बजेट पाएको छ। यो बजेटमा चालु तर्फ ५४ अर्ब ८४ करोड २८ लाख रुपैयाँ र पुँजिगत तर्फ १४ अर्ब ५३ करोड ७४ लाख रुपैयाँ थियो।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com