वीपीमा बीएस्सी नर्सिङ पढ्ने विद्यार्थीका लागि सांसदले चन्दा मागे


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का समानुपातिक सांसदले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बीएस्सी नर्सिङ तहमा अध्यनरत विद्यार्थीधन लक्ष्मी यादवका लागि चन्दा मागेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत वीपी प्रतिष्ठानमा बीएस्सी नर्सिङ चौथो वर्षमा अध्यनरत यादवका लागि चन्दा मागेका हुन् ।

आमा र बुवा दुबै गुमाएकी यादवलाई पढ्नका लागि आर्थिक अभाव भएकाले सहयोगका लागि सांसद झाले अनुरोध गरेका हुन् । ‘धरान BPKIHS BSc Nursing को विद्यार्थी धन लक्ष्मी यादव (पुनिता) जसले कलिलो उमेरमा आमा र हालै बुवा गुमाइन। उनी चौथो बर्षको शिक्षामा छिन तर आर्थिक अभावले असहज परिस्थिति छ, हाम्रो सहयोगले उनलाई आफ्नो शैक्षिक यात्रा सम्पन्न गर्न सघाउन सक्छ। आर्थिक सहयोगको अनुरोध छ।’, उनले अपिल गरेका छन् ।

यादवलाई आर्थिक सहयोग गर्नका लागि ९८४१७२५२५५ मा सम्पर्क सकिने सांसद झाले जनाएका छन् । सांसद झाको सकरात्मक प्रयासले यादवको पढाइमा मद्दत पुग्न सक्ने देखिन्छ ।

कतिपयले भने एउटा सांसदले यसरी एउटा व्यक्तिले फि तिर्न चन्दा माग्नु गलत भएको टिप्पणी गरेका छन् ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com