स्वास्थ्यमा दुई हस्तिकाे उदय


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा दुई हस्ति चिकित्सककाे उदय भएको छ ।

सरकारले साेमबार लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा विकास देवकोटा र भद्रपुर अस्पतालका प्रमुख डाक्टर टंक बाराकोटीलाई १२ औं तहको अतिरिक्त सचिवमा बढुवा गरिएको हो ।

यी दुई स्वास्थ्य क्षेत्र हाक्ने पछिल्ला हस्तिहरु हुन्। लामाे समय देखि फायल राेकिएकाे थियाे । तत्कालीन अवस्थमा एमालेर माओवादीकाे सरकार बन्दा डा देवकाेटा आउट हुने कयाैकाे अनुमान थियाे । डा श्रिकृष्ण क्षेष्ठ, डा विकास देवकोटा र डा टंक बाराकाेटीकाे नाम क्रमैैसँग सिफारीस भएकाे थियाे ।

सरकारबाट कांग्रेस किकआउट हुदा श्रेष्ठ र बाराकाेटीलाइ १२ तह बनाउँने अनुमान थियाे । श्रेष्ठ एमाले निकट हुन् भने बाराकाेटी समाजवादी निकट हुन् । तर, धेरैले साेचे भन्दा फरक हुन पुग्याे । पुन पुरानै समिकरणमा देश जाँदा डा देवकाेटालाई फाइदा पुग्याे ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसारका मन्त्रिपरिषदको बैठकले बढुवा सिमितिले सिफारिस गरेको आधारमा रिक्त रहेको १२ औं तहमा दुई जनालाई बढुवा गरेको हाे।

हाल स्वास्थ्यमा दुई जना अतिरिक्त सचिव छन् । डा दिपेन्द्र रमण सिंह स्वास्थ्य सेवा विभागकाे महानिर्देशक छन् भने डा संगिता काैशल मिश्रा मन्त्रालयमा छन् । स्वास्थ्यमा चारै जना एकसेएक कर्मचारी हुन् । अधिकारीहरु भन्छन् याे टिमले स्वास्थ्यमा उदाहरणीय काम गर्ने छ ।

 

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com