नेपाली बजारमा गुणस्तरहीन औषधि रहेको सर्वोच्चका पूर्वन्यायाधीश लालको दाबी


काठमाडौं । सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालले नेपालको औषध बजारमा गुणस्तरहीन औषधि रहेको दाबी गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त दाबी गरेका हुन् ।

नेपालको औषध बजारमा गुणस्तरहीन केही औषधिहरू पाइएकाले जनप्रतिनिधिहरू, जन सरोकारसँग सम्बन्ध राख्ने संस्थाहरू, चिकित्सकहरू, सम्बन्धित मन्त्रालय तथा निकायहरूसँग यस सम्बन्धमा ध्यान दिन हुन समेत पूर्वन्यायाधीश लालले आग्रह गरेका छन् । उनले त्यस्तो औषधिले जनस्वास्थ्य नराम्रो असर पार्नेमा समेत सचेत गराएका हुन् ।

‘नेपालको औषध बजारमा गुणस्तरहीन केही औषधिहरू पाइएकाले त्यसको सेवनले जनस्वास्थ्यमा नराम्रो प्रभाव पर्ने हुँदा, बेलैमा सम्बन्धित सरकारी संयन्त्रहरूको सतर्कता र सक्रियताको आवश्यकता छ।’, उनले लेखेका छन् ।

यसका वास्तविक कारणहरू पत्ता लगाई निराकरण समेत गर्नु पर्ने सरकारको पुनीत कर्तव्य पनि भएको पूर्वन्यायाधीश लालको भनाइ छ । सर्वोच्च अदालत कै पूर्व न्यायाधीशले यस्तो गम्भीर विषय उठाउँदा समेत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलगायतका सरोकारवाला निकायहरू चुपचाप देखिन्छन् ।

क्याटेगोरी : समाचार
ट्याग : #औषधि गुणस्तरहीन, #सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com