किन तत्काल स्वास्थ्यमन्त्री नियुक्ति गर्न खोज्दै छैनन् प्रचण्ड ?


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजै केही मन्त्रीलाई सपथ खुवाउने तयारी गरेका छन् । भौतिक पूर्वाधार, गृह, अर्थलगायतमा नयाँ मन्त्री पठाउने प्रचण्डको तयारी छ ।

गृहमा नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वालालाई दिने प्रधानमन्त्री प्रचण्डको तयारी छ । तर, स्वास्थ्यलगायतका मन्त्रालयमा नयाँ मन्त्री बनाउन उनले चासो देखाएका छैनन् । स्वास्थ्यमा धेरै राजनीतिक नियुक्ति गर्नु पर्ने भएकाले प्रधानमन्त्री प्रचण्डले नयाँ मन्त्री पठाउने नखोजेको चर्चा छ ।

स्वास्थ्यमन्त्रीको समेत जिम्मेवारी सम्हालेका प्रचण्डले अहिले स्वास्थ्यमा भटाभट राजनीतिक नियुक्ति गर्न खोजेका छन् । स्वास्थ्यबाट नियुक्तिको फायल उठाएर सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सदर गर्ने तयारी भइरहेको छ । स्वास्थ्यमा माओवादी केन्द्रले एकलौटी नियुक्ति गर्न खोजेपछि कांग्रेस निकट नेपाल स्वास्थ्यकर्मी संघ बिरोधमा उत्रिएको छ संघका प्रतिनिधिहरुले कांग्रेस महामन्त्री गगन कुमार थापा, प्रमुख सचेत रमेश लेखकलगायतलाई भेटेर यो विषयमा ध्यानाकर्षण गराइसकेका छन् ।

माओवादी निकट स्वास्थ्यकर्मीले भने स्वास्थ्यमा महत्त्वपूर्ण राजनीतिक नियुक्ति आफू निकटलाई दिलाएर मात्र स्वास्थ्यमा कांग्रेसको मन्त्री नियुक्ति गर्नु पर्ने सुझाव दिइएको बुझिन्छ । त्यहीँ कारण प्रचण्डले तत्काल नयाँ स्वास्थ्यमन्त्री नियुक्त गर्न नखोजेको टिप्पणी हुन थालेको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com