कांग्रेसले स्वास्थ्यसहित ८ मन्त्रालयमा मन्त्री छान्दै


काठमाडौं । नेपाली कांग्रेसले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसहित ८ मन्त्रालय पाएको छ । सत्ता गठबन्धनको हिजो बसेको बैठकले कांग्रेसलाई ८ मन्त्रालय दिने समझदारी गरेको हो ।

स्वास्थ्यसहित ८ मन्त्री छान्न नेपाली कांग्रेसको ११ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ । उक्त बैठकबाट  स्वास्थ्यसहितका मन्त्रीको नाम टुङ्गो लगाउने भएको हो ।

कांग्रेसबाट उपप्रधान तथा रक्षामन्त्रीसहित नेतृत्व गरेर पूर्णबहादुर खड्का सरकारमा जाने प्रवल सम्भावना छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी थालेका छन् ।

कांग्रेसबाट स्वास्थ्यमन्त्री बन्नका लागि दीपक खड्का, डिकबहादुर लिम्बु, रामहरि खतिवडालगायत लागेका छन् । कांग्रेसले एमालेले पाएका अधिकांश मन्त्रालय पाउने भएको छ ।

एमालेले स्वास्थ्य, अर्थ, परराष्ट्र, रक्षा, उद्योग भूमि सुधार, सहकारी तथा गरिबी निवारण, कृषि तथा पशुपन्छी र  महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय पाएको थियो । तीमध्ये प्रायजसो मन्त्रालय कांग्रेसले पाउने देखिन्छ ।

कांग्रेसबाट धनराज गुरुङ, प्रकाशशरण महत, उदय शम्शेर राणा, सिता गुरूङ, एनपी साउद, किशोर सिंह राठौर, रमेश रिजाल, तेजुलाल चौधरीलगायतका मन्त्री बन्न दौडधुपमा रहेका छन् ।

क्याटेगोरी : समाचार
ट्याग : #धनराज गुरुङ, #नेपाली कांग्रेस, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ