विशेषज्ञ चिकित्सक बन्न सरकारी कोटा खोस्ने, सेवा गर्ने बेला सुगम


काठमाडौं । स्वास्थ्य सेवा प्रवाह र अध्ययनका नाममा केही चिकित्सकहरूले अनावश्यक शक्तिको दुरुपयोग गरेका छन् । यतिसम्मकी गुणस्तरीय सेवाकाे कुरा गर्ने चिकित्सकले नियमविपरीत सुगम बस्न दबाब दिँदा नेतृत्वलाई लाज लागेर आउँछ । विशेषगरी छात्रवृत्तिमा अध्ययन गरेका विशेषज्ञ चिकित्सक यसको मुख्य योजनाकार हुन् ।

अध्ययनमा केही अब्बल भएका कारण विशेषज्ञ चिकित्सक अध्ययनमा सरकारी कोटा खोस्ने र अध्ययन सकेपछि पुनः सुगम खोस्ने काम बढ्दो क्रममा देखिएको छ । यस्ता घृणित कार्यकाे मतियार नेताहरु स्वयं बन्ने गरेका छन् ।

सरकारी नियम अनुसार सरकारी पैसामा अध्ययन गरेका चिकित्सकले तोकेको स्थान (काठमाडौंबाहिर) दुई वर्ष सेवा गर्नुपर्छ । तर, लाजसरम केही नभएका यस्ता चिकित्सक छन् जो सरकारी चिकित्सकले पढ्ने कोटा समेत खोस्छन् र पछि सेवा गर्दा सुगम समेत खोसिदिन्छन् ।

जनताको सेवा गर्छु भनेर चिकित्सा पेशामा होमिएका चिकित्सक अध्ययनपछि राज्य शक्तिको चरम दुरुपयोग गरेर सुगम बस्न चाहन्छन् । शक्तिको आडमा दुर्गम सेवा गर्न नगएका यी नै चिकित्सक सुगम हाजिर गरेको घण्टा बित्न नपाउँदै मेडिकल शिक्षा र स्वास्थ्यमा गुणस्तरका नारा घन्काउँछन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलायका अनुसार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको मिति ०७९ फागुन २९ गते र बी. पी. कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठान, धरानको मिति २०७९ फागुन ३० गते नेपाल सरकारको खुल्ला तर्फको छात्रवृत्तिमा १६ जनाले एमडी/एमसिएच, एमडी एमएस, एमडिएस अध्ययन सम्पन्न गरेका छन् । तर, हिजो खुला तर्फको सरकारी छात्रवृत्ति खोसेकाहरू अहिले दुर्गमन जान नमानेर सुगम बस्ने अवसर पाएकाहरूको समेत भाग खोस्न लागिपरेका छन् ।

स्वास्थ्य लाइभलाई प्राप्त विवरण अनुसार धेरैका एउटै समस्या छन् । जस्तै भर्खर बिहे गरेको, बाबा-आमा बिरामी, श्रीमती दुई जिउकी, सानो बच्चा छ । सुगम बस्न चिकित्सकले गर्ने गज्जबको नक्कली समस्याहरू हुन् ।

तपाईंहरूलाई लाग्छ, दुर्गम जानु पर्ने सबैको श्रीमती दुई जिउकी होलिन् ? परिवारमा सबैको बा आमा बिरामी होलान् ? यस्ता बेतुकको तर्क गरेर दुर्गम सेवा गर्न जान्न भन्नेहरूमाथि जस्तो सुकै दबाव परेपनि नेतृत्व निर्णय लिनबाट चुक्न नहुने अधिकारीहरू बताउँछन् ।

सरकारी कोटा खोसेर सुगम समेत खोस्न तम्सिएकाहरू
न्याम्सबाट पास भएका
डा. विशाल श्रेष्ठ
डा. चित्रराज शर्मा
डा. अनुज केसी
डा. राजिव शर्मा
डा. गौरव क्षेत्री
डा. प्रमीत झा
डा. सुबोध गौतम
डा. अजय ढकाल
डा. अनुराग सिंह थापा

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पास भएकाहरू
डा. खुम्बु शाह
डा. प्रवेश कार्की
डा. प्रदिप रेग्मी
डा. प्रियंका उप्रेती
डा. रजनी शाह
डा. सोनाली शाह
डा. कृपा खतिवडा

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com