बारा-२ को उपनिर्वाचनमा दुई पूर्वस्वास्थ्यमन्त्री आमनेसामने


काठमाडौं । बैशाख १० गते बारा क्षेत्र नम्बर २ मा हुने प्रतिनिधिसभाको उपनिर्वाचनमा दुई पूर्वस्वास्थ्यमन्त्री आमनेसामने हुने भएका छन् । पूर्वस्वास्थ्यमन्त्रीद्वय उपेन्द्र यादव र राजेन्द्र महतो बारा-२ को उपनिर्वाचनमा आमनेसामने हुने भएका हुन् ।

गत मंसिर ४ गते भएको प्रतिनिधिसभाको चुनावमा बारा-२ बाट निर्वाचित रामसाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि उक्त क्षेत्रमा उपनिर्वाचन हुने भएको हो । उक्त निर्वाचनमा जनता समाजवादी पार्टी(जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का राजेन्द्र महतो आमनेसामने हुने भएका छन् ।

उपेन्द्रलाई कांग्रेसले समर्थन गर्ने निर्णय गरिसकेको छ । यता लोसपाले पनि राजेन्द्र महतोलाई पनि लोसपाले उम्मेदवार बनाएको छ । त्यस्तै जनमत पार्टीले शिवचन्द्र कुशवाहलाई उक्त क्षेत्रबाट उम्मेदवार बनाएको हो । नेकपा एमालेले भने कसलाई चुनाव लडाउने निर्णय गरिसकेको छैन ।

नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका कुशवाहलाई जनमत पार्टीले भित्र्याएर उम्मेदवार बनाएपछि उक्त पार्टीले के गर्छ भन्ने टुंगो लागिसकेको छैन । तर, दुई पूर्वस्वास्थ्यमन्त्री यादव र महतोबीचको प्रतिस्पर्धा भने रोचक हुने देखिन्छ ।

क्याटेगोरी : समाचार
ट्याग : #उपेन्द्र यादव, #पूर्व स्वास्थ्यमन्त्री, #बारा २ उपनिर्वाचन, #राजेन्द्र महतो, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com