सीसीएममा समावेश नगरेको विरोधस्वरूप स्वास्थ्य सचिव डा. पोखरेललाई एफडीडीआरको ज्ञापन पत्र


काठमाडौं ।  फेडेरेशन अफ ड्रग डिमान्ड रिडस्कसन (एफडीडीआर) ले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका स्वास्थ्य सचिवलाई ज्ञापन पत्र बुझाएको छ ।
लागु औषध तथा मादक पदार्थ प्रयोग कर्ताहरूको उपचार तथा हेरविचारका कार्यक्रमहरू कन्ट्रि कोर्डिनेशन मेकेनिजम (सीसीएम) मा समावेश नगरेकाले विरोध स्वरुप स्वास्थ्य सचिव डा.रोशन पोखरेललाई ज्ञापन पत्र बुझाएको हो ।

विगत लामो समयदेखि २ सय ५० भन्दा बढी पुर्नस्थापना केन्द्रहरूमा आवद्ध भई एचआईभी, हेपाटाइटिस, लागु औषध तथा मादक पदार्थ दुर्व्यसन न्यूनीकरण तथा रोकथाम सेवामा निरन्तर काम गर्दै आएको एफडीडीआरलाई सीसीएमको बैठक तथा छलफलमा समावेश गराउन पनि ज्ञापन पत्रमार्फत् आग्रह गरिएको छ ।

एफडीडीआरले आफू समन्वय गर्न तयार रहेकाले आफूलाई नछुटाउन पनि आग्रह गरेको हो ।

एफडीडीआरले हाम्रा माग तथा अनुरोध सम्बोधन नभएमा देशव्यापी रुपमा विरोधका कार्यक्रम गर्ने चेतावनी पनि दिएको छ । साथै आवश्यकता अनुसार कानूनी कारबाहीमा समेत जाने बताएको छ ।

यसअघि गृह मन्त्रालयले एफडीडीआरलाई स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेको सीसीएममा सदस्य बनाउन र बैठक तथा छलफलमा सहभागी गराउन सिफारिस गरिसकेको छ । तर, सीसीएमको बैठकमा भने एफडीडीआरलाई सहभागी गराइएको छैन ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com