शेखर समूहको अवरोधपछि स्वास्थ्यमन्त्री हुनबाट रोकिए मोहन बस्नेत


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज दिउँसो ३ बजे नवनियुक्त मन्त्रीहरूलाई सपथ खुवाउने तयारी गरेका छन् ।

कांग्रेसबाट स्वास्थ्यमन्त्रीमा प्रस्तावित मोहन बस्नेत सपथ खानबाट बञ्चित भएका छन् । शेखर समूहले तीन मन्त्रालय पाउनुपर्ने अडान लिएपछि उनको सपथ रोकिएको हो । बस्नेत आफूलाई रोक्न खोजेपछि पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर असन्तुष्टि जनाइसकेका छन् ।

स्वास्थ्यमन्त्रीमा प्रदीप पौडेललाई पठाउन लबिइङ गरिरहेका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले मोहन बस्नेतलाई स्वास्थ्यमन्त्रीमा नपठाउन दबाव दिएपछि उनी रोकिएका छन् ।

कांग्रेसबाट उपप्रधानसहित रक्षामन्त्रीका रुपमा पूर्णबहादुर खड्काले सपथ खाने भएका छन् । अर्थमन्त्री प्रकाशशरण महत र सहरी विकासमन्त्री सीता गुरूङलाई बनाउन देउवाले प्रधानमन्त्री प्रचण्डसमक्ष सिफारिस गरेका छन् । उद्योगमन्त्री भने रमेश रिजाललाई बनाउन प्रस्ताव गरिएको छ ।

स्वास्थ्य मन्त्रालयमा भने दोहोरो दाबी परेको छ । गगन-विश्वप्रकाश खेमाले प्रदीप पौडेल र डा. शशांक कोइरालाले दीपक खड्कालाई स्वास्थ्यमन्त्री बनाउन लबिइङ गरिरहेका छन् । पार्टी सभापति देउवा गगन-विश्वप्रकाश र डा. शशांक समूहको चेपुवामा परेर बस्नेतलाई स्वास्थ्य मन्त्री बनाउनबाट रोकिएका छन् ।

 

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com