स्वास्थ्यसहित ५ मन्त्रालय प्रधानमन्त्री प्रचण्डसँगै रहने


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसहित ५ मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै रहने भएका छन् ।

प्रधानमन्त्री प्रचण्डको साथमा अब स्वास्थ्य तथा जनसंख्या, पराराष्ट्र, कानुन, न्याय तथा संसदीय मामिला वन तथा वातावरण र युवा तथा खेलकुद मन्त्रालय रहने छ । नेपाली कांग्रेसको भागमा परेको स्वास्थ्य तथा जनसंख्या, पराराष्ट्र, कानुन, न्याय तथा संसदीय मामिलामा मन्त्रालय अहिले प्रधानमन्त्री प्रचण्डको साथमै रहने छ ।

जनता समाजवादी नेपाल पार्टीका अशोक राई मात्र शिक्षामन्त्री भएकाले जसपालाई दिने भनिएको एक मन्त्रालय पनि प्रचण्डको साथमै रहने भएको हो ।

कांग्रेसको भागमा परेको ४ र जसपको भागमा परेको १ मन्त्रालय आफैसँग राखेर प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । आजै ३ बजे सपथ हुने जनाइएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com