एमालेबाट बारा-२ मा डा. मोहम्मद साहिद रजा उम्मेदवार बन्ने



काठमाडौं । नेकपा एमालेले बारा-२ बाट डा. मोहम्मद साहिद रजा उम्मेदवार बनाउने तयारी गरेको छ । बैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा एमालेले डा. मोहम्मद साहिदलाई उम्मेदवार बनाउन तयारी गरेको हो ।

महाराजगञ्ज चिकित्सा क्याम्पसका स्ववियु सभापति आनन्द सिंहका अनुसार बारा क्षेत्र नम्बर २ मा एमालेबाट प्रतिनिधिसभा सदस्यमा डाक्टर मोहम्मद साहिद राजाले उम्मेदवार दिन लागेको बताए ।  एमाले महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाललगायतले उनलाई बारा- २ मा टिकट दिलाउने आश्वासन दिएका छन् । उनले टिकट पाउने निश्चित जस्तै भएको सिंहको संकेत छ ।

बारा दुईमा जनता समाजवादी पार्टी नेपालबाट पूर्वस्वास्थ्यमन्त्री उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीबाट पूर्वस्वास्थ्यमन्त्री राजेन्द्र महतोले उम्मेदवारी दिने निश्चित भइसकेको छ । जनमत पार्टीले शिवचन्द्र कुशवाहलाई उक्त क्षेत्रबाट उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल उम्मेदवार बन्ने भएका छन् । नेपाली कांग्रेसले जनता समाजवादी पार्टी नेपालबाट उम्मेदवार बन्ने पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई सहयोग गर्ने निर्णय गरेको छ । नेकपा माओवादी केन्द्र मौन देखिन्छ ।

यता नेकपा एमालेले भने मुस्लिम समुदायका डा.मोहम्मद साहिद रजालाई उम्मेदवार बनाउने तयारी गरेको हो । उनलाई उम्मेदवार बनाउने निर्णयले अन्तिम रूप भने पाइसकेको छैन।

क्याटेगोरी : समाचार
ट्याग : #डा.मोहम्मद साहिद रजा, #पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादव, #बारा -2, #राजेन्द्र महतो

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com