दुईपटक स्वास्थ्यसहित १२ औं पटक मन्त्री बनेका शरदसिंह भण्डारी


काठमाडौं । दुईपटक स्वास्थ्यमन्त्री बनेका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता शरतसिंह भण्डारी १२ औं पटक सत्तामा उक्लिएका छन् । उनले मन्त्रिपरिषद्को सदस्यको हैसियतमा आज १२ औं पटक सपथ खाएका हुन् ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्को श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री बनेका भण्डारी २०५६ र २०५८ मा स्वास्थ्यमन्त्री बनेका थिए । बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा रक्षामन्त्री रहेका भण्डारीले तराईका २२ जिल्ला टुक्रिने अभिव्यक्ति दिएपछि छोटो पदबाट राजीनामा दिनु परेको थियो । केपी शर्मा ओलीको पालामा ऊर्जा, सिँचाई तथा जलस्रोतमन्त्री बनेका उनले १३ दिन मात्र काम गर्न पाए ।

२०४४ स्थानीय विकास सहायकमन्त्रीबाट सत्ताको स्वाद चाखेका भण्डारी अहिलेसम्म १२ औं पटक सत्तामा उक्लिएका छन् । २०४५ वाणिज्य राज्यमन्त्री बनेका भण्डारी २०५२ मा बिनाविभागीय राज्यमन्त्री र २०५३ मा बिनाविभागीयमन्त्री बनेका थिए । उनी २०५४ र २०५६ युवा, खेलकुद तथा संस्कृतिमन्त्री बन्न सफल भए । त्यसपछि भण्डारी लगातार दुईपटक स्वास्थ्यमन्त्री बने ।

२०५६ र २०५८ मा स्वास्थ्यमन्त्री बनेका भण्डारी झन्डै ८ वर्ष मन्त्री हुनबाट बञ्चित भए । २०५८ मा स्वास्थ्यमन्त्री बनेका उनी २०६६ मात्र पर्यटनमन्त्री भए । २०६८ रक्षामन्त्री बनेका भण्डारीको सत्ता यात्रा फेरि एकदशक रोकियो ।

१ दशकपछि २०७८ ऊर्जा, सिँचाई तथा जलस्रोतमन्त्री बनेका भण्डारी फेरि २ वर्ष नपुग्दै सत्तामा फर्किएका छन् । उनले मन्त्रिपरिषद्को सदस्यको हैसियतमा आज १२ औं पटक सपथ खाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भण्डारीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको जिम्मेवारी दिएका छन् । १२ औं पटक मन्त्री भइसकेका भण्डारीले गरेका १२ कामको उपलब्धि भने देखाउन मुस्किल छ ।

क्याटेगोरी : समाचार
ट्याग : #पूर्व स्वास्थ्यमन्त्री, #शरतसिंह भण्डारी, #श्रममन्त्री

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com