नेपाल मेडिकल काउन्सिलले शुक्रवार लिएको विशेषज्ञ दर्ता प्रमाणपत्र परीक्षामा ३ सय जना मात्रै उत्तीर्ण


काठमाडौं । नेपाल मेडिकल काउन्सिलले शुक्रवार लिएको विशेषज्ञ दर्ता प्रमाणपत्र परीक्षामा ३ सय जना मात्रै उत्तीर्ण भएका छन् ।

काउन्सिलले शुक्रवार ४३ विधामा सञ्चालन गरेको थियो । जसमा ४ सय २० जना परीक्षार्थीहरू सहभागी भएको थिए ।

सहभागी मध्य ३ सय जना अर्थात ७१ दशमलव ४३ प्रतिशत उत्तीर्ण भएका हुन् भने १ सय १९ जना अनुत्तीर्ण र १ जनाको नतिजा रोक्का भएको काउन्सिलले जनाएको छ ।

यस अघि गत मङ्सिर ९ गते लिइएको विशेषज्ञ दर्ता प्रमाणपत्र परीक्षामा ७४ दशमलव १६ प्रतिशतप्रतिशत सहभागी उत्तीर्ण भएका थिए ।

परीक्षाको नतिजामा चित्त नबुझेमा परीक्षार्थीले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र पूनर्योगका लागि एक हजार पाँचसय रुपैंया दस्तुर बुझाई आफ्नो नाम, रोल नम्बर स्पष्ट लेखी काउन्सिलको इमेल nmc@nmc.org.np मार्फत आवेदन गर्न सक्नेछन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com