कोशीका स्वास्थ्य सचिव भट्टचनको सरूवा, डा. सुधालाई पठाइयो


काठमाडौं । कोशी प्रदेशका स्वास्थ्य सचिव डा. अनुज भट्टचनको सरुवा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार उनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा भएको हो ।

डा. भट्टचनको ठाउँमा राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रकी डा. सुधा देवकोटालाई पठाइएको छ । केन्द्रमा बसेर विवादास्पद छवि बनाएकी डा. देवकोटालाई कोशी प्रदेश पठाएर डा. भट्टचनलाई संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ल्याइएको हो । डा. भट्टचन १ वर्ष बढी कोशी प्रदेशको स्वास्थ्य सचिवको भूमिकामा काम गरेका व्यक्ति हुन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् डेढ दर्जन सहसचिव सरुवा गरेको हो । त्यसमध्ये २ जना स्वास्थ्यमा एघारौं तहका परेका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा उपसचिवको हैसियतमा काम गरेर अहिले सहसचिव भएका रामकृष्ण लामिछानेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएको छ ।

पार्वती अर्याल श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय, बद्रीनाथ गैह्रे बुटवल उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत, विन्देश्वर प्रसाद लेखक सामान्य प्रशासन मन्त्रालय(अतिरिक्त समूह) र शिवकुमार कार्कीलाई गृह मन्त्रालयमा पठाइएको छ ।

कृष्ण प्रसाद सापकोटा राष्ट्रिय दलित आयोग, नारायण प्रसाद शर्मालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णाली प्रदेशको सचिव, डा. लेखराज दाहाललाई कृषि तथा पशुपन्छी मन्त्रालय, नवराज पुडासैनी र बद्रीराज ढुङ्गानालाई वन तथा वातावरण मन्त्रालयमा ल्याइएको छ ।

स्रोतका अनुसार सुरेश राउतलाई गृह मन्त्रालय, नारायण प्रसाद रेग्मीलाई सामाजिक विकास मन्त्रालय सुदूर पश्चिमको प्रदेश सचिव, अस्मान तामाङलाई बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालय बाग्मती प्रदेश सचिवमा सरुवा गरिएको छ ।

स्रोतका अनुसार डा. नरहरिप्रसाद घिमिरे भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कर्णाली प्रदेश, विनोद प्रसाद देवकोटालाई उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय, कर्णाली प्रदेश, दीपकराज नेपाललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लुम्बिनी प्रदेशमा पुर्‍याइएको छ ।

 

क्याटेगोरी : समाचार
ट्याग : #कोशी प्रदेश स्वास्थ्य सचिव, #डा. अनुज भट्टचन, #डा. सुधा देवकोटा, #राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com