बारा-२ मा दुई पूर्वस्वास्थ्यमन्त्री नभिड्ने, उपेन्द्रलाई राजेन्द्रको साथ


काठमाडौं । बारा-२ मा बैशाख १० गते हुन गईरहेको उपनिर्वाचनमा पूर्वस्वास्थ्यमन्त्रीद्वय उपेन्द्र यादव र राजेन्द्र महतो नभिड्ने भएका छन् ।

राजेन्द्रको पार्टी लोकतान्त्रिक समाजवादी नेपाल (लोसपा)ले उपेन्द्रलाई सहयोग गर्ने निर्णय गरेसँगै राजेन्द्र ब्याक भएका हुन् । उनले आफ्नो साथ उपेन्द्रलाई रहेको स्वास्थ्य लाइभलाई स्पष्ट पारे ।

बारा-२ मा हुने उपनिर्वाचनमा पूर्वस्वास्थ्यमन्त्रीद्वय उपेन्द्र यादव र राजेन्द्र महतो प्रतिस्पर्धा गर्ने चर्चाकाबीच लोसपाले उपेन्द्रलाई सहयोग गर्ने निर्णय गरेको हो । नेपाली कांग्रेसले पनि उपेन्द्रलाई नै सहयोग गर्ने निर्णय गरिसकेको छ । बारा-२ बाट निर्वाचित रामसाय प्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएसँगै उक्त क्षेत्र रिक्त भएको छ । राजेन्द्रले उम्मेदवार नदिने भएसँगै उपेन्द्रलाई केही राहत मिलेको छ ।

जनमत पार्टीले शिवचन्द्र कुशवाहलाई उक्त क्षेत्रबाट उम्मेदवार बनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले उक्त क्षेत्रबाट रमेश खरेललाई उम्मेदवार बनाएको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादव, #बारा २ उपनिर्वाचन, #राजेन्द्र महतो

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com